Prithvi Post

मेरुदण्डको दायाँ र बायाँ एक-एकवटा मिर्गौला हुन्छ । मुटु, फोक्सो जस्तै शरीरको अभिन्न अंग हो मिर्गौंला, जसको मुख्य काम शरीरमा तरल पदार्थ नियन्त्रण गर्नु हो ।

हामीले खाएको झोल पदार्थबाट आवश्यक तत्व शरीरले लिन्छ र बाँकी तत्व पिसाबको माध्यमबाट बाहिर निकाल्छ । मिर्गौलाले खासगरी रसायनको स्तर सही राख्ने काम गर्छ । उच्च रक्तचाप नियन्त्रणका लागि मुटुको जस्तै मिर्गौलाको पनि खास भूमिका हुन्छ ।
मिर्गौला र खानपानको साइनो

कुनै तन्दुरुस्त व्यक्ति छ र आफ्नै भान्साको ताजा खानपान गर्छ भने त्यसले मिर्गौलालाई फाइदा नै गर्छ । पोषिलो र ताजा खानेकुरा, मौसमी सागपात र फलफूल, पर्याप्त झोलिलो खानेकुरा खाँदा मिर्गौला स्वस्थ हुन्छ ।
त्यस विपरीत खराब खानपानले मिर्गौलालाई हानि गर्छ । प्याकेटबन्द एवं प्रशोधित खानेकुरा, मदिरा, चुरोट राम्रो मानिंदैन । अध्ययन नभएका र नाम पहिचान नभएका औषधि, जडिबुटीहरु खाँदा पनि मिर्गौलामा क्षति पुग्न सक्छ । एन्टिबायोटिक, पेनकिलरजस्तो औषधिले मिर्गौलालाई नराम्रो असर गर्छ ।

मिर्गौलालाई असर गर्ने भनेको उच्च रक्तचाप, मधुमेहजस्ता दीर्घरोग हुन् । यस्ता रोग लाग्ने वा अनियन्त्रित हुने खानेकुरा खान भएन ।

कस्तो आनीबानीले मिर्गौलालाई हानि गर्छ ?

खानपान पनि आनीबानीभित्रै पर्ने कुरा हो । त्यसबाहेक हामीले अपनाउने दिनचर्या वा गतिविधि यसमा समेटिन्छन् । जस्तो निष्क्रिय बस्नु, तनावग्रस्त रहनु, सुत्ने-उठ्ने तालिका नमिलाउनु, पिसाब च्यापेर बस्नुजस्ता आनीबानी खराब हुन्, जसको प्रत्यक्ष असर मिर्गौलामा पर्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
2
+1
0
+1
0
+1
0
+1
0

By पृथ्वीपोस्ट संवाददाता

पृथ्वीपोस्ट डट कम पृथ्वीपोस्ट प्रा.लि.द्वारा सञ्चालित नेपाली भाषाको सम्पूर्ण अनलाइन समाचार पोर्टल हो । हामी सत्य, तथ्य र निश्पक्ष पत्रकारिताको मूल्य र मान्यतामा रहेर समाचार, शिक्षा, स्वास्थ्य, खेलकुद, मनोरञ्जन, साहित्य, कला, विकास निर्माण लगायत क्षेत्रको यथार्थ चित्रण उतार्ने प्रयासमा सदैव लागि रहने प्रण गर्दर्छौँ ।