Prithvi Post

(कोटेश्वर Intersection को सुधार सन्दर्भमा राम शरण देउजाले आफ्नो विचार राख्नुभएको हो ।)

–राम शरण देउजा

देशमा २०७२ सालको भूकम्पले नेपाली जनजीवन साथै अर्थतन्त्र अस्तव्यस्त बनाएसंगै लगत्तै आएको कोरोनाबाट अर्थतन्त्रमा ठूलो धक्का लागेको छ । त्यो दुखद् दिनले धेरैको घर उजाडियो, धेरैले आफन्त गुमाए र देशको अर्थतन्त्रनै डामाडोल भयो भने सिंगो राष्ट्रले नै आपतको घडीमा पूर्वाधारको महत्व महसुस गरेको थियो । गुणस्तरीय पूर्वाधार विकास गरी भविष्यमा आइपर्न सक्ने संकटलाई प्रवकारी बनाउन सकिन्छ र राष्ट्र निर्माणमा अग्रसर हुन सकिन्छ भन्ने थियो ।

तर त्यसमा सम्बन्धीत निकायको दुरदृष्टीको अभावमा अहिलेसम्म भौतिक पुर्वाधारको विकास अबरुद्ध भई रहेको छ । आर्थिक विकासको प्रशस्त संभावना हुदाँ समेत त्यसको उपयोग गर्न भने अझै सकि रहेको छैन । प्राकृतिक साधन स्रोतदेखि युवा जनशक्तिलाई परिचालन लागयतका आर्थिक विकास गर्ने माध्यामहरुको उपयोग हुनेगरि योजना तर्जुमा नहुदाँ युवापिढीहरु दैनिक रुपमा विदेशी रहेका छन । जसले गर्दा आर्थिक विकासले गति लिन सकेको छैन ।

(लेखक : राम शरण देउजा)

समयससापेक्ष भौतिक पूर्वाधारको अभाव नै आर्थिक विकासको अबरोध हो । गाउँगाउँमा बाटोघाटोको निर्माण गरेर पर्यटन विकास, गाउँका कृषि उत्पादन सहरमा बेच्ने अवसर, साना तथा मझौला उद्योगलाई बजारसँग जोड्ने कडी, सिँचाइ विकास गर्दै कृषि उत्पादन वृद्धि, मलखाद सहज आपूर्ति हुने हो । जलविद्युत्, पर्यटन पूर्वाधार र औद्योगिक उत्पादन बढाउन सकिन्छ । तसर्थ अर्थतन्त्रका लक्षित अवएवहरुलाई केन्द्रीत गरेर पुर्वधारहरुको निर्माण र विकास गर्न सकियो भने रोजगार बृद्धि हुने उत्पादन हुने र आयात प्रतिस्थापन हुने आदिबाट अर्थतन्त्रको विकास हुनेमा दुईमत छैन ।

तर, हाम्रो जस्तो अर्थतन्त्र भएको मुलुकमा विकास पुर्वाधारका आयोजनाहरु छनोट गर्दा आर्थिक धरातलिय यथार्थता भुल्नु हुदैन भन्ने लाग्दछ । तरपनि अत्याधुनिक पूर्वाधारको विकास कुनै आकस्मिक घटना नभई एक दीर्घकालीन र योजनाबद्ध प्रक्रिया समेत हो । भौतिक पूर्वाधारलाई समृद्धिको प्रमुख सूचक मानिन्छ, तर यसको निर्माण राष्ट्रको आर्थिक धरातल भन्दा पृथक हुनु हुँदैन ।

देशको अर्थतन्त्रको आकार र क्षमतासँग मेल नखाने महत्वाकांक्षी आयोजनाहरूले अर्थतन्त्रलाई गति दिनुको सट्टा उल्टै ऋणको बोझ र आर्थिक जोखिम थप्ने खतरा बढ्दै गएको छ । तसर्थ, अन्य देशको देखासिकी वा अन्धनुकरण गरेर समय र परिस्थिति प्रतिकूल हुने गरी पूर्वाधारको विकास गर्नु बुद्धिमानी पटकै हुन सक्दैन ।

पूर्वाधार निर्माण गर्दा मुख्यतया निम्न पक्षहरूलाई आत्मसात् गर्नुपर्छ :

१. भौगोलिक र आर्थिक सामञ्जस्यता : नेपालको विशिष्ट भू–बनोट र उपलब्ध वित्तीय स्रोतको सन्तुलन मिलाउनु अनिवार्य छ । महँगा र विलासी पूर्वाधारभन्दा पनि हाम्रा आफ्नै स्रोत र साधनको अधिकतम परिचालन हुने गरी योजनाहरू छनोट गरिनु पहिलो आबश्यकता रहेको छ ।

२. आवश्यकताको सही प्रक्षेपण : कुनै पनि आयोजना सुरु गर्नुअघि त्यसको उपयोगिता र भविष्यमा दिने प्रतिफलको वैज्ञानिक अध्ययन हुनुपर्छ । केवल ‘ग्ल्यामर’ का लागि बनाइने पूर्वाधारले पुँजी फ्रिज मात्र हुने गरेको छ ।

३. मितव्ययिता र मजबुती : हाम्रो जस्तो सीमित अर्थतन्त्र भएको देशका लागि ‘कम लागत, उच्च गुणस्तर र दीर्घकालीन उपयोगिता’ को सिद्धान्त महत्त्वपूर्ण हुन्छ । दिगो विकासको अवधारणा अनुसार निर्माण गरिएका मजबुत पूर्वाधारले मात्र आर्थिक विकासमा ठोस टेवा पु¥याउँछन् ।

४. दीर्घकालीन सोच (Vision) र योजनाः विकास भनेको इँटा र सिमेन्टको थुप्रो मात्र होइन, यो त आर्थिक रूपान्तरणको संवाहक हुनुपर्छ । यसका लागि देशको आवश्यकता सुहाउँदो डिजाइन र पारदर्शी कार्यान्वयन पक्षमा ध्यान दिनु आवश्यक छ । पूर्वाधार विकास र आर्थिक समृद्धि एकअर्काका पूरक हुन् ।

जब हामी आफ्नै धरातल बुझेर, उचित प्राथमिकताका आधारमा र अर्थतन्त्रले धान्न सक्ने आयोजनाहरू निर्माण गर्छौँ, तब मात्र देशले वास्तविक समृद्धिको मार्ग समात्न सक्छ । देखासिकीमा आधारित विकासले क्षणिक सन्तुष्टि दिए पनि आत्मनिर्भर र बलियो अर्थतन्त्रको निर्माणका लागि भने स्वदेशी सुहाउँदो र प्रतिफलमुखी पूर्वाधार नै आजको पहिलो आवश्यकता रहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0