Prithvi Post

सिन्धुपाल्चोक । बढ्दो चिसोलाई मध्यनजर गर्दै विद्यार्थीहरूको स्वास्थ्य र अध्ययनमा टेवा पुर्‍याउने उद्देश्यले मेलम्ची नगरपालिका अन्तर्गतको लाभ गाउँ आधारभूत विद्यालयका विद्यार्थीहरूलाई शैक्षिक तथा जिन्सी सामग्री वितरण गरिएको छ । लायन्स क्लब अफ मेलम्ची र अन्जु कुइकेल स्मृति शिक्षा कोषको संयुक्त पहलमा सो विद्यालयमा अध्ययनरत बालबालिकाहरूलाई शैक्षिक सामाग्री र न्यानो कपडा सहयोग प्रदान गरिएको बताइएको छ ।

विद्यालयमा आयोजीत एक कार्यक्रमका बीच विद्यार्थीहरूलाई स्कुल ब्याग, न्यानो स्विटर, टोपी, पानीको बोतल तथा विभिन्न स्टेसनरी सामग्रीहरू हस्तान्तरण गरिएको जनाइएको छ । सो कार्यक्रममा सम्बन्धित वडाका वडा अध्यक्ष, विद्यालय परिवारका सदस्यहरू तथा स्थानीय सरोकारवालाहरूको उपस्थिति रहेको थियो ।

सामग्री वितरणका लागि लायन्स क्लबका पदाधिकारीहरू राजेश हिमालय, सुसिला श्रेष्ठ, आदित्य जोशी, लोक नाथ पौडेल, अमृत घले, रमिता श्रेष्ठ र प्रमिला श्रेष्ठ लगायतको सक्रिय सहभागिता रहेको थियो । कार्यक्रममा बालबालिकाको उज्यालो भविष्यका लागि सानो सहयोग पुगोस् भन्ने हेतुले अन्जु कुइकेल स्मृति शिक्षा कोष र लायन्स क्लबमार्फत यो कार्यक्रम गरिएको बताएको छ।

विद्यालय प्रशासनले यस किसिमको मानवीय कार्यले विद्यार्थीहरूको हौसला बढ्ने भन्दै सहयोगी संस्थाहरूलाई धन्यवाद ज्ञापन गरेको जनाइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
1
+1
0
+1
0
+1
0
+1
0