Prithvi Post

काठमाडौं, माघ २२

आइतबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा सामान्य अंकको सुधार आएको छ । कारोबार सुरु भएदेखि बढ्न थालेको नेप्से परिसूचक अन्तिम समयमा घटेर १ ,५४ अंकको वृद्धि हासिल गरेर बन्द भयो । कारोबार अवधिमा परिसूचक घटेर २ हजार ८८ अंकसम्म आइपुुगेको थियो । अन्तिम समयमा २ हजार ९६ अंकमा पुुगेर रोकिएको हो ।

नेप्सेमा १ करोड ९३ लाख १७ हजार रुपैयाँभन्दा बढीको सेयर किनबेच भएको छ । यसक्रममा ५ लाख २० हजार ६ हजार ३७९ कित्ता सेयर किनबेच भएको छ । बजार सामान्य अंकले बढे पनि आज १०१ कम्पनीको सेयर घटेको छ भने १०८ कम्पनीको सेयर मूल्य बढेको छ ।

७ वटा कम्पनीको सेयर भने स्थिर रह्यो । आज आदर्श लघुवित्त वित्तीय संस्थाको सेयर मूल्य प्रतिकित्ता १९२ रुपैयाँले बढ्यो । १० प्रतिशतको वृद्धिसँगै कम्पनीको सेयर मूल्य प्रतिकित्ता २१ सय २१ रुपैयाँमा पुुगेर रोकिएको छ । पोखरा फाइनान्सको सेयर मूल्य ८,४९ प्रतिशतले बढ्दै प्रतिकित्ता ४२५ रुपैयाँ पुगेको छ ।

यसक्रममा आज बैंक समूहमा १,६६ अंकको सुधार आएको छ । विकास बैंक समूह ११,७४ अंकले बढ्दा वित्त समूह २७ अंकले बढेको छ । आज होटल र टुरिजम समूह २३ अंक, जलविद्युत समूह ७ अंक, लगानी समूह ०,२७ अंक, उत्पादनमूलक समूह ३६अंक र म्यूचुुअल फण्ड समूह ०,०२ अंकले बढेको छ । जीवन बीमा समूह ५२ अंक,लघुवित्त समूह १५ अंक,निर्जीवन बीमा समूह ४० अंक, अन्य समूह ४ अंक र व्यापार समूह १७ अंकले घटेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0