Prithvi Post

काठमाडौँ । समाज कल्याण परिषद्ले काठमाडौँको भृकुटीमण्डप क्षेत्रस्थित स्टल नं ७, मा रहेको नेपाल पत्रकार महासंघ काठमाडौँ जिल्ला शाखालाई सातदिनभित्र घरभाडा बुझाउन ताकेता गरेको छ । परिषद्ले महासंघले घरभाडामा लिएबापतको रकम लामो समयदेखि नबुझाएको बताउँदै पटकपटक पत्राचार र गोरखापत्र राष्ट्रिय दैनिक पत्रिकामा सूचनासमेत प्रकाशित गर्दा पनि अटेर गरेको जनाएको छ ।

परिषदले महासंघले २०८२ पुस मसान्तसम्मको बक्यौता ३१ लाख ५१ हजार १ सय ४७ रुपैयाँ बुझाउन बाँकी रहेको सूचना सार्वजनिक गरेको छ । परिषदले अब पनि अटेर गरी बक्यौता रकम चुक्ता नगरे स्टलमा तालाबन्दी गरी प्रचलित कानून बमोजिम कारबाहीको प्रक्रिया अगाडि बढाइने जनाएको छ ।

र यो पनि…..

भृकुटीमण्डपको ९ करोड सरकारी र नीजिको साँठगाँठमा लुटियो !!!

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0