काठमाडौं । नेकपा एमालेका सचिव तथा भक्तपुर क्षेत्र नं.२ का प्रतिनिधि सभा उम्मेदवार महेश बस्नेतले आफूलाई ‘सङ्कटका सारथि’ भन्दै भक्तपुरको विकास यात्रालाई अझ तीव्र बनाउने दाबी गरेका छन्। उनले चुनाब प्रचार प्रसारको क्रममा घरदैलो कार्यक्रममा स्थानीय मतदातासंगको कुराकानीमा सो बताएका हुन ।
उनले २०७२ सालको भूकम्पपछि भत्किएका विद्यालय, ऐतिहासिक सम्पदा र धार्मिक संरचनालगायत अन्य विकास निर्माणका कामहरू पुनर्निर्माण गर्न बाँकी रहेकाले सो कार्य सम्पन्न गर्न समेत आफु लागि पर्ने बताएका छन् ।
उनले भौतिक सरचनाको निर्माण र भत्किएका संरचनाको पुर्ननिर्माण गर्ने अभियानमा आफुले नेतृत्वदायी भूमिका खेलेको समेत बताएका छन् र अझै पनि खेली रहने प्रतिबद्धता व्यक्त गरेका छन् । सचिब बस्नेतले मठ–मन्दिर, पाटी–पौवा लगायतका सांस्कृतिक धरोहरहरू पुनर्जीवित भएका छन् र शिक्षा, स्वास्थ्य, पूर्वाधार, पर्यटन र स्थानीय रोजगारीका क्षेत्रमा उल्लेखनीय प्रगति सम्भव भएको समेत बताएका छन।
उनले भने, “म केवल नीति बनाउने नेता होइन, समृद्ध भक्तपुर बनाउने सारथि बन्न चाहन्छु। अझै अधुरा काम पूरा गर्न बाँकी छन्, विकासको गति अझ तीव्र बनाउने बाँकी छ।” सचिब बस्नेतले आफ्नो आगामी कार्यकालमा भक्तपुरलाई केवल ऐतिहासिक सहर होइन, अवसर र समृद्धिको केन्द्र बनाउने प्रतिबद्धता व्यक्त गरेका छन्।

