Prithvi Post

काठमाडौँ,  साउन २४ गते, नाबालिगलाई अनलाइनमार्फत यौन हिंसा गर्ने व्यक्ति पक्राउ परेका छन् ।

नेपाल प्रहरीको साइबर ब्युरोले सिन्धुपाल्चोकको ईन्द्रावती गाउँपालिका वडा नम्बर ९ बस्ने १९ वर्षीय समिर तामाङ र सुरेश तामाङलाई पक्राउ गरेको हो । उनीहरुलाई विद्युतीय कारोबार ऐन २०६३, अपराध अन्तर्गतको कसूरमा सिन्धुपालचोकबाट पक्राउ गरी काठमाडौं जिल्ला अदालतको आदेशले ५ दिन म्याद लिएर आवश्यक अनुसन्धान भइरहेको ब्युरोका प्रहरी उपरीक्षक पशुपति कुमार रायले बताए ।

उनका अनुसार ती नाबालिगलाई सामाजिक सञ्जाल फेसबुक एकाउन्टबाट फ्रेण्ड रिक्वेष्ट पठाई कुराकानी गर्दै जाने क्रममा अभियुक्तहरुले नाबालिकासँग प्रेम सम्बन्धको बहानामा अनलाइन अडियो र भिडियो कलको माध्यमद्वारा मानसिक तनाव दिन थालेका थिए ।

नाबालिगले उक्त व्यक्तिको प्रोफाइल ब्लक गरे पनि पीडकले अन्य अपरिचित व्यक्तिको अश्लील फोटो र भिडियोमा पीडित नाबालिकाको अनुहार जोडी सामाजिक सञ्जालमा प्रकाशन तथा प्रदर्शन गरेपछि प्रहरीमा उजुरी परेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
1