Prithvi Post

काठमाडौं । दोलखाको मालु मतदान केन्द्रमा केहि बेरका लागि मतदान स्थगित गरिएको छ । नेपाली कांग्रेस र नेकपा मिलेर बुथ कब्जा गरेपछि तनाव सिर्जना भएको थियो ।

सोहि कारण अहिले मतदान स्थगित गरिएको छ । यसको विरोधमा एमाले र रास्वपाले नाराबाजी गरेका गरिहरेका छन् । दोलखाको तामाकोशीस्थित एक मतदान केन्द्रमा विवाद हुँदा हवाई फायर गरिएको छ ।

स्थितिलाई नियन्त्रणमा लिन प्रहरीले हवाई फायर गरेको जिल्ला प्रशासन कार्यालय दोलखाका सहायक प्रमुख जिल्ला अधिकारी औलाखबहादुर आलेले जानकारी दिए ।

  ‘तामाकोशीको वडानम्बर ४ मा कर्मचारीमाथि नै हातपात गर्न खोजेपछि सुरक्षाकर्मीले एक दुई हवाई फार गर्नुभएको हो’, सहायक प्रमुख जिल्ला अधिकारी आलेले भने, ‘अहिले अवस्था सामान्य भैसकेको छ ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0