–राम शरण देउजा
समाजले निर्माण व्यवसायीलाई केवल इँटा र सिमेन्ट जोड्ने कालिगढको रूपमा मात्र बुझ्नु ठूलो भुल हो भने निर्माण व्यवसायीहरूले पनि आफ्नो पेशालाई केवल पैसा कमाउने मेसिन मात्र ठान्नु अझ ठूलो भुल हो।
निर्माण व्यवसाय भनेको केवल कुनै संरचना खडा गर्ने काम मात्र होइन। यो त समाजको विकास र राष्ट्रको भविष्य निर्माण गर्ने जिम्मेवारीपूर्ण पेशा हो। एउटा सडक बन्नु भनेको केवल आवतजावत सहज हुनु मात्र होइन।

त्यो सडकसँगै शिक्षा, रोजगारी र अवसरका नयाँ ढोका खुल्नु पनि हो। एउटा विद्यालय, अस्पताल वा पुल निर्माण हुनु भनेको केवल कन्क्रीटको संरचना बन्नु मात्र होइन।
.…..हजारौँ श्रमिकहरुलाई रोजगारी दिन्छन्, हजारौं परिवारहरूको जीवन धान्ने आधार बनाउँछन र देशको भौतिक पूर्वाधारलाई बिस्तार गर्न राज्यलाई सहयोग गर्छन। त्यसैले निर्माण व्यवसायीहरू वास्तवमा राष्ट्र निर्माणका आधारभुत अभियन्ताहरु हुन्।…..
त्यो त आधारभुत सेवा प्राप्त गर्ने, समाजको जीवनस्तर माथि उठ्ने र जिबिकोपार्जन गर्ने आधार तयार हुनु हो। निर्माण व्यवसायीहरूले आफ्नो श्रम, सीप र ब्यक्तिगत लगानीबाट विकसित समाजको रुपरेखा कोर्छन्।
उनीहरूले हजारौँ श्रमिकहरुलाई रोजगारी दिन्छन्, हजारौं परिवारहरूको जीवन धान्ने आधार बनाउँछन र देशको भौतिक पूर्वाधारलाई बिस्तार गर्न राज्यलाई सहयोग गर्छन। त्यसैले निर्माण व्यवसायीहरू वास्तवमा राष्ट्र निर्माणका आधारभुत अभियन्ताहरु हुन्।
त्यसैले ढिलो भएपनी अब समय आएको छ हामीले आफूलाई केवल ‘ठेकेदार” को सीमित परिचयमा बाँधेर राख्नु हुँदैन। हामी जिम्मेवार, दूरदर्शी र राष्ट्र प्रति उत्तरदायी “निर्माण व्यवसायी” बन्नुपर्छ। र हामी चाहन्छौ समाजले पनि हामीलाई त्यसै गरी सम्मान, विश्वासका साथ हेरोस र मुल्यांकन गरोस।

