Prithvi Post

साउन २६,-भक्तपुर

प्रतिनिधिसभामा प्रमुख प्रतिपक्ष दल नेकपा एमालेले अवरोध जनाएको छ। एमालेका सांसदहरु नाराबाजीमा उत्रिएका छन्। बैठक सुरू हुनेवित्तिकै सर्वप्रथम सभामुख देवराज घिमिरेले सांसद ज्वाला कुमारी साहलाई बोल्न समय दिएका थिए।
उनी बोलिरहँदा एमाले सांसदहरू सिटबाट उठेर विरोध जनाएका छन्।
एमालेका सांसदहरू उठेर विरोधमा उत्रिएपछि सत्तापक्षका सांसदहरु पनि आफूले बोल्न पाउनुपर्ने र बैठकका कामकारबाही अघि बढाउन माग गर्दै अवरोध गरेका छन्।

एमाले सांसद वेल घेराउ गर्न अघि बढेका छन्। सभामुख घिमिरेले नियमको पालना गर्न सांसदलाई आग्रह गरिरहेका छन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0