चार्लट एफसीलाई ४-० गोल अन्तरले पराजित गर्दै मियामी सेमिफाइनल प्रवेश गरेको हो। मियामीको जितमा जोसेफ मार्टिनेजले एक गोल गरेका हुन्। खेलको १२औं मिनेटमा पेनाल्टी मार्फत मार्टिनेजले गोल गरेका थिए।
यस्तै, ३२औं मिनेटमा रोबर्ट टेलरले अग्रता दोब्बर बनाए। ७८औं मिनेटमा चार्लटका मालान्दाले आत्मघाती गोल गर्दैै मियामीलाई तीन गोलको अग्रता दिलाएका हुन्।
खेलको ८६औं मिनेटमा अर्जेन्टिनी सुपरस्टार खेलाडी लियोनल मेस्सीले गोल गरे। यो सहित मेस्सीले मियामीका लागि पाँच खेलमा आठ गोल गरिसकेका छन्। योसँगै लिग्स कप २०२३ मा मेस्सी सर्वाधिक गोलकर्ता बनिसकेका छन्।
अब मियामीले सेमिफाइनलमा फिलाडेल्फिया यूनियन विरुद्ध खेल्नेछ। सेमिफाइनल खेल आगामी मंगलबार रहेको छ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
+1
+1
+1
+1

