Prithvi Post

साउन२८,-भक्तपुर

बलिउड फिल्म ‘गदर-२’ ले बक्स अफिसमा बम्पर कमाइ जारी राखेको छ।

फिल्मले दोस्रो दिन ४३।०८ करोड भारु कमाएको छ। दुई दिनमा फिल्मको कुल कमाई ८३।१८ करोड भारु पुगिसकेको छ। आज अर्थात् आइतबार फिल्मले सय करोड कमाउने आँकलन गरिएको छ।। फिल्मको क्रेज यति धेरै छ कि भारतमा मानिसहरू ट्रयाक्टर चढेर फिल्म हेर्न गइरहेका छन्।

२२ वर्षअघि देखिएको पहिलो भागको क्रेज ​​’गदर-२’ मा पनि देखिएको छ। मानिसहरू थिएटरतर्फ दौडिरहेका देखिन्छन्। कोही ट्याक्टर लिएर कोही ह्यान्डपम्प लिएर सिनेमा हल गएका छन्। उनीहरूले ‘हिन्दुस्तान जिन्दावाद’को नारा पनि लगाएका देखिएको छ।

सिंगल स्क्रिन थिएटर भित्र र बाहिर हजारौंको भीड देखिएको छ। धेरै वर्षपछि यसरी सिंगल स्क्रिन थिएटरमा फिल्मले तहल्का मच्चाएको हो।

यो फिल्म एकल रिलिज भएको भए शाहरुख खानको ‘पठान’को कीर्तिमान तोड्न सक्ने सामाजिक सञ्जालमा फिल्म वितरकहरूले बताइरहेका छन्।

‘गदर २’ चार हजार स्क्रिनमा रिलिज भएको छ। अर्कोतर्फ पठान ५५०० स्क्रिनमा रिलिज भएको थियो। यसअनुसार ‘गदर २’ ले धेरै राम्रो प्रदर्शन गरिरहेको देखिन्छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0