साउन ३१
रघुवंशका नेतृत्वकर्ता भगवान राम, रमाभद्र, रामचन्द्र, समस्त वेदहरुका भगवान अनि सीता माताका देव भगवान रामप्रति हार्दिक नमन ।
यस वर्षको दिव्य पुरुषोत्तम मासको आजवाट बिधिवत समापन हुँदैछ, आउनुहोस आज यसै पेरिफेरिमा कुरा गरौं । आज दिव्य पुरुषोत्तम मासको व्रतको उधापन अनि पुरुषोत्तम मासको उपलक्ष्यमा बिभिन्न तिर्थस्थलमा लगाइएका पुरुषोत्तम आराधनात्मक सर्वसिद्धि श्रीमद्भागवत् महायज्ञ अनि यज्ञादि पनि सागें गरिन्छ । यसका साथै नेपाल अनि भारतका बिभिन्न ठाँउमा अधिकमासको समयमा पदयात्रा र परिक्रमा गर्ने चलन छ जसको पनि विधीवत अन्त्य आजैबाट हुनेछ ।
मलमास भनिएका कारणले आफ्नो स्वामित्वको खोजी गर्दै अधिकमासले बिलौना गरेपछि अधिकमासको स्वामित्व भगवान बिष्णु स्वयले लिएको रोचक कथा छ । श्रीकृष्ण स्वयमले मलमासलाई आफ्नो हरेक गुणले भरिपूर्ण गरिदिने वचन दिएका कारणले मलमास बिशेष मानिन्छ, अतः यस दुर्लभ पुरुषोत्तम मासमा दानपुण्य, व्रत बस्नाले अधिक फल प्राप्त हुन्छ ।
भविष्य पुराणका अनुसार भगवान श्री कृष्ण स्वयमले अधिकमासमा व्रत लिने, दानपुण्य गर्ने अनि शरीर र आत्मा शुद्ध राख्नेलाई अनेकन फल प्राप्त हुने, पाप र कष्ट मोचन हुने भनि उल्लेख गरेको छ। पद्म पुराणले पनि अधिकमास अनि श्री कृष्णलाई जोडेर वहाँकै शव्दमा हरेक मानवले अधिकमासमा दानपुण्य गर्न जरुरी रहेको वताएको छ र यसका साथै श्री कृष्णको अर्चना, भागवत गीताको पाठ अनि बत्ति या दियोको दान र प्रज्जवलन लाई विशेष मानेको पाइन्छ ।
शकुनि, चतुष्पद, नाग व किंस्तुघ्न यि चार करणलाई रवि अर्थात सूर्यको मल भनिने गरिन्छ तसर्थ यि कुराहरु सक्रन्तिसंग जोडिएका हुनाले यस महिनाले मलमास पनि भनिएको हा । आजवाट मलमास, अधिकमास र पुरुषोत्तम मासको अन्त भएको छ ।
संक्षेपमा मलमास
सूर्यको गति हनुसार गणना गरिने मासलाई सौर्य मास भनिन्छ भने चन्द्रको गति अनुसार गणना गरिने मासलाई चन्द्र मास भनिन्छ। सौर्यमासमा सामान्यतया २९ देखि ३२ दिन सम्मको महिना हुन्छ भने चन्द्रमासमा एक पूर्णिमादेखि अर्को पूर्णिमासम्म २९ दिन १२ घन्टा ४४ मिनेट र २४ सेकेन्डको एक चन्द्रमास हुन्छ। सामान्य रुपमा तिथीहरु चन्द्रमास अनि गतेहरु सौर्यमास भनेर बुझ्न सकिन्छ ।
यसरी सौर्यमासको गणनामा ३६५ दिनको एक बर्ष हुन्छ भने चन्द्रमासको गणनामा ३५४ दिनको एक बर्ष हुन्छ। यसरी प्रत्यक साल चन्द्रमास सौर्यमास भन्दा ११ दिनले पछि हुँदै आँउछ अनि ३ बर्षमा ३३ दिन ले चन्द्रमास र सौर्यमासको फरक पार्दछ जसलाई अधिकमास या मलमासले मिलाप गरिन्छ ।
यस वर्षको अधिकमास या मलमासको आज समापन हुँदैछ, आजवाट अबको ३ वर्षका लागि मलमास आउनेछैन् । बिसं २०८० साल साउनमा मलमास परेकाले दसैँ र तिहार लगायत चाडपर्वहरू पछि सरेका हुन।मलमासमा पानी बार्न माइत गएका पत्नीहरु आजवाट पुन घर फर्कने क्रम शुरु हुनेछ भने सामान्य मासहरु अब शुरु भएका छन् ।
यस वर्षकोे मलमासको समाप्तीसंगै हामीसबैका जीवनका बाधाहरु हटेर जाउन । जीवनसंगत अनि जीवन पर्यन्त पनि मोक्षको द्धार खुल्ला रहोस् ।
धर्मको जय होस्
अधर्मको नाश होस्
प्राणीमा प्राण होस्
विश्वको कल्याण होस्
शव्दमा सरस्वती अनि हृदयमा हरिको वास होस् ।
मत्स्यनारायण मेला समाप्ति
मलमास अवधिभर कीर्तिपुरबाट चार किमी दक्षिणमा पर्ने मत्स्यनारायण मन्दिरमा नारायणको पूजा र पुरुषोत्तम महात्म्य वाचन गर्ने परम्परा छ। मत्स्यनारायणलाई मच्छेनारायण पनि भनिने चलन छ । भगवान् नारायणको पूजा आराधना गर्नाले सम्पूर्ण पाप नष्ट हुन्छन् भन्ने धर्मग्रन्थमा समेत उल्लेख छ।
सुनको जलप लगाएको गरुडको कलात्मक प्रवेशद्वार भएको मन्दिरमा माछाको मुखबाट प्रकट भएको एक फिट अग्लो चार हातमा शंख, चक्र, गधा र पद्म लिएको मूर्ति छ। विष्णुले दस अवतार लिंदा सबभन्दा पहिले मत्स्य शरीर धारण गरी प्रलयकालमा समुद्रमा डुंगाको काम गरी वेदलाई सुरक्षा गरेको पुराणमा उल्लेख छ।
चार नारायणको दर्शन गर्ने उद्देश्य बोकेका भक्तजनले मत्स्यनारायण मन्दिरको दर्शन गर्न छुटाउँदैनन् र यस वर्ष पनि लाखौंको सख्याँमा भत्तजनहरु मत्स्यनारायण मन्दिरमा दर्शन गर्न गएको पाइएको छ । मलमासबाहेक नववर्षलगायत जनैपूर्णिमाको दिनमा पनि मत्स्यनारायणको दर्शन गर्ने भक्तजनको घुइँचो लाग्दछ । वैदिक सनातन धर्मका अनुसार भगवान हरिको दश अवतार मान्यता रहेको छ । दश अवतार मध्ये मत्स्य अवतारलाई पहिलो अवतारको रुपमा लिएको छ । पृथ्वीको शुरुवात सगै भगवान नारायण ले सोही स्थानमा रहेको कुण्डमा मत्सयको रुपपछि दिव्यस्वरुपको दर्शन दिनु भएको मत्सयपुराण लगायतका धार्मिक शास्त्रमा उल्लेख छ । मलमासको समापन संगै अब यसवर्षको चाडपर्वको लर्को शुरु हुनेछ । सबैको भलो होस् ।
शान्ति पाठवाट समापन गर्न चाह्यौं
सर्वे भवन्तु सुखिनः सर्वे सन्तु निरामयाः,
सर्वे भद्राणि पश्यन्तु मा कश्चिद् दुःख भाग्भवेत्।
ऊँ शांतिः शांतिः शांतिः
सबै सखी हुन्, सबै रोगमुक्त रहुन, सबैजना मंगलमय घटनाको साक्षी बन्न पाउन, कसैले पनि दुख्खको भोगी बन्नुनपरोस् ।
अधिक मासको अन्तिम दिन के गर्ने?
शान्ताकारं भुजगशयनं पद्मनाभं सुरेशं,
विश्वाधारं गगनसदृशं मेघवर्ण शुभाङ्गम् ॥
लक्ष्मीकान्तं कमलनयनं योगिभिर्ध्यानगम्यम्,
वन्दे विष्णुं भवभयहरं सर्वलोकैकनाथम् ॥
जसको स्वरूप शान्त छ, जो शेषनागको शैयामा शयन गर्नुहुन्छ, जसको नाभिमा कमाल छ, जो देवताहरूकोपनि ईश्वर र जो सम्पूर्ण ब्रह्माण्डको आधार हुनुहुन्छ, जो सर्वत्र व्याप्त हुनुहुन्छ, नीलमेघको समान जसको वर्ण छ, जसको सम्पूर्ण अङ्ग सुन्दर र मनमोहक छ, यस्तो लक्ष्मीपति कमलको सामान नेत्र छ र जसलाई योगिहरू द्वारा ध्यान गरेर मात्र प्राप्त सकिन्छ, जो जन्म र मरण रूपी भय सहित सबै प्रकारको भयलाई नाश गर्नेवाला हुनुहुन्छ, जो सम्पूर्ण लोकको स्वामीपनि हुनुहुन्छ र सम्पूर्ण चराचर जगतको ईश्वर हुनुहुन्छ, यस्ता भगवान् विष्णुलाई बन्दना गर्दछु ।
यो वर्ष अधिक मास असोज २ गतेदेखि ३० गते सम्म रहन गएको र त्यसको अन्तिमदिन पौराणिक सिद्धात अनुसार अधिकमासमा सनातनी श्रद्धालुहरूले व्रत, उपवास, विष्णु भगवानको जप, पूजा, पाठ, ध्यान, भजन, कीर्तन, भगवतभक्ति, श्रीमद्भागवत महापुराण, श्रीविष्णुपुराण लगायत पुरुषोत्तम माहात्म्य आदिको श्रवण, पठन, गर्नुका साथै अधिक मासको अन्तिम दिन विष्णु भगवानको ३३ नामले पूजा गरी काँसको थालीमा ३३ वटा मालपुवा राखेर पहेंलो कपडाले ढाकेर मालपूआ दान गर्नाले अनन्त पुण्य मिल्ने शास्त्रोक्त वचन रहेको छ । विष्णु भगवानको ३३ नाम यस प्रकार रहेको छ ।
विष्णवे नमः, जिष्णवे नमः, महाविष्णवे नमः, हरये नमः, कृष्णाय नमः, अधोक्षजाय नमः, केशवाय नमः, माधवाय नमः, रामाय नमः, मधुसुदनाय नमः, अच्युताय नमः, पुरुषोत्तमाय नमः, गोविन्दाय नमः, वामनाय नमः, त्रिविक्रमाय नमः, संकर्षणाय नमः, श्रीकण्ठाय नमः, बैकुण्ठा यनमः, नारायणाय नमः, अनिरुद्धाय नमः, प्रद्युम्नाय नमः, जनार्दनाय नमः, दामोदराय नमः, श्रीपतये नमः, वासुदेवाय नमः, नृसिंहाय नमः, शेषशायिने नमः, पृश्निगर्भाय नमः, उरुक्रमाय नमः, श्रीधराय नमः, गोपीजनवल्लभाय नमः, गोपालाय नमः र गोलोकाधिपतये नमः । अस्तु ॥
-ज्यो। प। नारायणप्रसाद दुलाल

