मध्यपुर थिमि नगरपालिका—२ अव आफनै भबनमा

मध्यपुर थिमि । भक्तपुरको मध्यपर थिमि नगरपालिका वडा नं २ को वडा कार्यालय भवनको शुक्रबार मध्यपर थिमिमा एक कार्यक्रमवीच शिलान्यास गरियो । मध्यपर थिमि नगरपालिकाका प्रमख सुरेन्द्र श्रेष्ठले एक समारोहवीच वडा भबनको शिलान्यास गरेका हन् ।
नवनिर्मित वडा कार्यालय पुरानो थिमिको सडकमै रहेको छ । एसओएस स्कुलतर्फ स्कुलको करिव दई सय मिटर पश्चिममा रोड छेउमै वडा कार्यालय रहेको छ ।
भबन साढे चार तल्लाको बन्ने बताइएको छ । चारमध्ये दई माथिल्लो तेश्रो र चौथौ तल्ला वडा कार्यालय र बाँंकी पहिलो र दोश्रो तल्ला भाडामा दिने जनाइएको छ ।
करिव २० आनाको दिव्यश्वरी जग्गा एकीकरण आयोजनाको जग्गामा भबन बन्ने जनाइएको छ । कल क्षेत्रफलमध्ये आधा क्षेत्रफलमा भबन बन्ने बताइएको छ । भबन पार्किगसहितको हुने जनाइएको छ ।
भबनको कुल लागत १० करोड रहेको जनाइएको छ । तर ठेक्कामार्फत् ६ करोडमा टेण्डर लागेको जनाइएको छ । वडा कार्यालय भबन बनाउन लाग्ने सम्पूर्ण रकम नगरपालिकाको रहने जनाइएको छ ।
कार्यक्रममा नगर प्रमुख श्रेष्ठ, उपमेयर विजयकृष्ण श्रेष्ठ, वडा न २ का वडा अध्यक्ष श्रीकृष्ण श्रेष्ठ, ३ का वडा अध्यक्ष एवं नगर प्रवक्ता कृष्णहरि आचार्यलगायतको उपस्थिति रहेको थियो ।