प्रधानमन्त्री बालेन्द्र साह चढेको गाडी मालिक मालपानीले उन्मुक्ती पाएकै हो ?
–रोशन कार्की
जेन जी पुस्ताको नाममा देशभर एकै पटक विद्रोह मञ्चाएर तत्कालिन प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्व सरकार ढलाई अन्तरिक सरकार गठन भयो । जेन जी विद्रोहको बलमा पुर्वप्रधानन्यायाधिश सुशिला कार्की नेतृत्वमा प्रतिनिधि सभा सदस्यको निर्वाचन समेत गत फागुन २१ गते सकियो । निर्वाचनमा सम्पन्न भएसंगै अहिले सरकारको नेतृत्व राष्ट्रिय स्वतन्त्र पार्टीका नेता बालेन्द्र साहले गरेका छन् । उनी काठमाडौं महानगर पालिकाको मेयर पदबाट राजीनामा दिएर निर्वाचनमा उठेका थिए ।
उनले निर्वाचनको समयमा प्रयोग गरेको एक गाडी र सो गाडीको मालिकको बारेमा ठूलो हल्लिखल्ली समेत भयो । हुन त भ्रष्टाचार विरोधी नारा दिएर निर्वाचनमा गएको राष्ट्रिय स्वतन्त्र पार्टीकै नेताले विवादीत व्यवसायीको गाडी उपहार लिदै प्रयोग गरेपछि सो कुरा उठ्नु स्वभाविक नै थियो । तर, अहिले सोही गाडी उपहार लिएर चुनाव प्रचार प्रसारमा गएका बालेन्द्र प्रधानमन्त्री भएपछि भने विवादीत व्यापारीलाई उन्मुक्ती दिने हो की भन्ने चासो चौतर्फी रुपमा उठेको छ ।
रास्वपाका नेता बालेन्द्रले चुनावी प्रचारका क्रममा प्रयोग गरिरहेको विलासी गाडी र त्यसको स्रोतलाई लिएर सामाजिक सञ्जालमा ठूलो बहस सुरु भएको थियो । झापा–५ बाट उम्मेदवार बनेका बालेनले प्रयोग गरेको ४ करोड रुपैयाँ पर्ने कालो रङको ल्यान्ड रोभर डिफेन्डर गाडी उपलब्ध गराउने व्यक्तिको लागनी सुर्ती र गुट्खा उद्योगमा समेत रहेको र उनी विवादित व्यापारी भएको समेत तथ्य फेला परिसक्दा समेत रास्वपा सरकारले कारबाहीभन्दा पनि उन्मुक्ती दिने तयारी गरेको सूचना प्राप्त भएकाछ ।
यातायात व्यवस्था कार्यालयको रेकर्ड अनुसार उक्त गाडी रूपन्देहीको तिलोत्तमा–१५ स्थित त्रिमूर्ति इन्डस्ट्रिज प्रालिको नाममा दर्ता छ। यो उद्योगले भने करेन्ट मसला उत्पादन गर्छ। यसका मुख्य लगानीकर्ता कमल मालपानी रहेका छन । भारतीय नागरिकता र नेपाली नागरिकता बोकेर नेपाली भुमी प्रयोग गरि लामो समयदेखि अबैधधन्दा गर्दै आएको व्यक्तीको रुपमा समेत मालपानीलाई चिन्ने गरिन्छ ।
मालपानीको अर्को उद्योग श्रीराम टोबाको प्रालिले जनस्वास्थ्यमा गम्भीर असर पुर्याउने करेन्ट गुट्खा, भोला गुट्खा, पावर खैनी र जित खैनी उत्पादन गरे बिक्री समेत गर्र्दै आएको छ । भने सो व्यवसाय गरे अनुसार सरकारलाई बुझाउनु पर्ने कर राजश्व समेत ठूलो मात्रामा छली गर्दै आएको पाईएको छ । गत वैशाखमा वाणिज्य विभागले कर छलीको आरोपमा श्रीराम टोबाको प्रालिको उद्योगमा छापा समेत मारेको थियो। कर छलीको आरोप लागेका र सुर्तीजन्य पदार्थ जस्तो हानिकारक वस्तु बेच्ने उद्योगीबाट विलासी सुविधा लिनुले सुशासनको नारा दिने रास्वपा नेतामाथि नैतिक प्रश्न उठाएको स्वास्थ्य मन्त्रालयका कर्मचारीहरु बताउँछन्।
नेपालको विद्यमान कानुनले सुर्तीजन्य पदार्थ उत्पादकबाट कुनै पनि प्रकारको सहयोग लिन र उनीहरूले विज्ञापन गर्न पूर्णतः रोक लगाएको छ। सुर्ती उद्योगीहरुले नीतिगत रुपमा प्रभाव बढाउन यस्तै चलाखी गर्दै कानुन विपरित काम गर्दै आइरहेका छन्। सुर्तीजन्य पदार्थ (नियन्त्रण तथा नियमन गर्ने) ऐन, २०६८ को दफा १० अनुसार उत्पादकले कुनै पनि व्यक्ति वा माध्यमबाट आफ्नो वस्तुको विज्ञापन वा प्रवर्धन गर्न पाउँदैन।
तर बालेन साहले सुर्ती उद्योगीको गाडी चढ्नुलाई अप्रत्यक्ष प्रायोजन गरेको बताइएको छ । उता भने मालपानीले आफूहरूले बालेन साहलाई गाडी दिएको स्वीकार गरे पछि त्यसको गुन तिर्न समेत बालेन्द्र सरकार लागि परेको बताईको छ । यसरी नङ र मासु झै जोडिएको बालेन्द्र साह र कमल मालपानीमाथी कारबाही गर्ने गर्न यो सरकारले आँट गर्ला कि नगर्दा त्यो भने हेर्न बाँकी रहेको छ ।


