लायन्स गभर्नरका लागि प्रजापतिले दिए उम्मेदबारी
भक्तपुर । लायन्स क्लबको आगामी बैशाख १३ गते राजधानीमा हुने तेस्रो वार्षिक महाधिवेशनमा द्वितीय भाइस डिष्ट्रिक्ट गभर्नर पदका लागि भक्तपुरका लायन गोकुलप्रसाद प्रजापतिले उम्मेदबारी दर्ता गराएका छन् । बताइए अनुसार उनको यो हालसम्मको एकल पहिलो उम्मेदबारी हो । यद्यपि उम्मेदबारी दर्ता बैशाख १३ गते महाधिवेशनको एकहप्ता अघिसम्म दिन पाइने छ ।
लायन्समा २३ बर्षदेखिका अथक योद्धा समाजसेवी प्रजापति भक्तपुर निवासी हुन् । उनीसँंग लायन्सको जोन तथा रिजन चियरपर्सन, डिष्ट्रिक्टका चेयरपर्सन, एरिया तथा चिफ एरिया र क्लष्टर कोअर्डिनेटर, डिष्ट्रिक्ट क्याविनेट ट्रेजरर, एलसिआईएफ कोअर्डिनेटर लगायत विभिन्न तहको लिडरशिपमा रहेर काम गरेको सफल अनुभब छ । राष्ट्रिय तथा अन्तर्राष्ट्रिय प्रमाणपत्र तथा विभिन्न पदकहरु प्राप्त गरी सफल अनुभब बटुलिसकेका उनी सरल सहयोगी व्यक्तित्वका धनी पनि हुन् ।
लायन्सको नियम अनुसार यो पदमा विजयी प्राप्त गरे उनी लायन्स अन्तर्राष्ट्रिय अन्तर्गत डिष्ट्रक्ट ‘जी’ को सर्वाेच्च पद डिष्ट्रक्ट गर्भनरमा पुग्न योग्य हुने छन् । यो सारा भक्तपुरबासीका लागि गौरबको विषय पनि हुनेछ । किनकि लाइन्समा यो चुनावबाट विजयी व्यक्ति एक वर्ष सेकेण्ड भाइस डिष्ट्रक्ट गभर्नर, अर्काे एक वर्ष फष्ट भाइस डिष्ट्रक्ट गभर्नर हुँंदै तेश्रो वर्षमा लायन्सको सर्वाेच्च पद डिष्ट्रक्ट गभर्नर हुने ब्यबस्था छ ।
‘सबैका प्रिय, मेहनती, शालिन, इमान्दार अनि सक्षम व्यक्तित्व भएकाले उनी एक्लो उम्मेदबार पनि हुनसक्छन, भक्तपुर लायन्स सेवा समन्वय समिति एवं लायन्स क्लव अफ भक्तपुर सूर्यविनायकका प्रिसिडेन्ट लायन विष्णुभक्त मारिखूले भने, “लायन्सका सर्बकालिन सिपाही भएकाले निर्वाचन भइहालेमा पनि उनको जितको सम्भाबना अत्याधिक छ ।“ उनले आफूहरुको समर्थन पनि प्रजापतिलाई नै भएकाले लायन मतदाताहरु सँग उनले उनको पक्षमा मत मागे ।
‘तेस्रो महाधिवेशनमा लायन्स क्लब अफ भक्तपुर अरनिको क्लबका चार्टर सदस्य सर्वकालिन समाजसेवक प्रजापतिलाई मतका लागि म लगायत हामी पनि सवै मतदाताहरुसँंग अनुरोध गर्दछौं, लायन्स क्लब अफ भक्तपुर अरनिकोका क्लव प्रेसिडेन्ट लायन रत्नप्रसाद प्रजापतिको अनुरोध छ ।
लायन्स अन्तर्राष्ट्रिय विश्वव्यापी सेवा गर्ने बिश्वकै ठूलो सेवामूलक संस्था हो । व्यवस्था अनुसार लायन डिष्ट्रक्ट ३२५ ले सम्पूर्ण देशभरको लायनलाई जनाउँंछ । त्यसमा पनि डिष्ट्रिक्ट जी ले काठमाडौं, भक्तपुर, बनेपा, धुलिखेल, पनौती, सिन्धुली, रामेछाप, ओखलढुंगा तथा खोटाङका विभिन्न क्षेत्रका लायन्सहरु रहेको डिष्ट्रिक्ट हो । यसमा ती क्षेत्रका क्लबहरुमा रहेका लायन्सहरु मतदाता रहने व्यवस्था रहेको छ । बैशाख १३ गते यसैको महाधिवेशन हुन लागेको हो ।
महाधिवेशन काठमाडौंको राष्ट्रिय सभागृहमा हुने जनाइएको छ । उनी सँंगसंगै लायन्स अन्तर्राष्ट्रियको इन्टरनेशल डाईरेक्टर ईन्डोर्सी पदका लागि काठमाडौ डिल्लीबजारका पाष्ट डिष्ट्रिक्ट गभर्नर लायन सुदर्शनधर प्रधानांङ्गले पनि उम्मेदबारी दिएका छन्


