दुर्गा प्रसाईंद्वारा दल खोल्ने घोषणा (प्रसाईको पत्रकार सम्मेलन तस्वीर सहित)

काठमाडौं, २ भदौ । मेडिकल व्यवसायी दुर्गा प्रसाईंले आफूले खोल्ने राजनीतिक दल राजावादी नहुने बताउनु भएको छ । सोमबार उहाँकै निवास भक्तपुरमा पत्रकार सम्मेलन गरि सो कुराको घोषणा गर्नुभएको हो । उहाँले राजावादी हुँदैन राष्ट्रवादी दल हुन्छ भन्दै नेपाल र नेपालीको दल हुने बताउनु भएको छ । उहाँले सर्वहारा वर्ग र भुईंमान्छेको दल हुने समेत दाबी गर्नुभएको छ ।

तीनकुनेमा भएको राजावादी आन्दोलनपछि पक्राउ परेका प्रसाईं दुई साताअघि मात्रै डिल्लीबजार कारागारबाट छुटेका हुन्। उहाँले आफु कुनै ठग नभएको बताउदै कसैको चार आना लिनु छैन, केटी काण्ड पनि छैन त्यसैले आफ्नो पार्टी भुईमान्छेको पार्टी हुने बताउनु भएको छ ।