Prithvi Post

३ कार्तिक २०८२, आईतवार

काठमाडौं, २ भदौ । राष्ट्रपति रामचन्द्र पौडेलले जलवायु परिवर्तनले ल्याएको सङ्कटापन्न अवस्थालाई सबै मिलेर पार लगाउनुपर्नेमा जोड दिनुभएको छ । कृषि, सहकारी तथा प्राकृतिक स्रोत समितिद्वारा सोमबार काठमाडौँमा आयोजित हिन्दुकुश–हिमालय पार्लियामेन्टेरियन्स मिट २०२५ कार्यक्रमलाई सम्बोधन गर्दै क्रममा उहाँले सो धारणा व्यक्त गर्नुभएको हो । उहाँले हाम्रो यस क्षेत्रका हिमालबाट बग्ने नदीको पानी, वनबाट प्राप्त हुने अक्सिजन वा कृषि योग्य भूमिको उर्वरताले यहाँका दुई अर्बभन्दा बढी मानिसका लागि प्रत्यक्ष वा अप्रत्यक्ष रूपमा जीवनयापनमा योगदान पुर्‍याइरहे पनि हाम्रो यो जीवनयापनको आधार आज सङ्कटमा परेको बताउनुभएको छ ।

हाम्रा यस क्षेत्रको हिमालबाट बग्ने नदीको पानी, वनबाट प्राप्त हुने अक्सिजन वा कृषि योग्य भूमिको उर्वरताले यहाँका दुई अर्बभन्दा बढी मानिसका लागि प्रत्यक्ष वा अप्रत्यक्ष रूपमा जीवनयापनमा योगदान पुर्‍याइरहेको छ, तर यो जीवनयापनको आधार आज सङ्कटमा छ”, उहाँले भन्नुभएको छ । उहाँले नीति निर्माण तहमा हामीले वैज्ञानिक तथ्य र जन–आवाजलाई आधार मानेर जलवायु, जैविक विविधता र वायु प्रदूषणसम्बन्धी समयसापेक्ष, जनमुखी र कार्यान्वयन योग्य नीति तर्जुमा गर्नुपर्नेमा जोड दिनुभयो ।

त्यस्तै, कानुनी संरचना सुदृढीकरणका लागि जलवायु–मैत्री विकास, वायु प्रदूषण नियन्त्रणका लागि मापदण्डरू तयार गर्ने र जैविक विविधताको संरक्षणका लागि आवाश्यक कानुनी प्रावधानको प्रबन्ध गर्न आवाश्यक रहेको उहाँको भनार्इ रहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0