Prithvi Post

५ कार्तिक २०८२, मंगलवार

काठमाडौं । नेपाल बोटल वाटर उद्योग संघलाई महासंघमा रुपान्तरण गरिएको बताइएको छ । काभ्रेपलाञ्चोक जिल्लाको धुलिखेलमा सम्पन्न १४ औँ वार्षिकोत्सवबाट सो संघलाई महासंघमा रुपान्तरण गरिएको बताइएको छ । सो कार्यक्रममा प्रमुख अतिथि बागमती प्रदेशकी उपसभामुख अप्सरा चापागाईँले प्रदेशमा पानी स्रोतको सदुपयोग गर्दै जनस्वास्थ्यको दृष्टिकोणबाट गम्भीरतापूर्वक काम गर्न उद्योगीहरूलाई आग्रह गर्दै संघबाट महासंघ भएकोमा संस्थालाई बधाई दिनुभएको छ ।

यस्तै कार्यक्रममा काभ्रे जिल्ला समन्वय समितिका सभापति दीपक गौतमले खानेपानी नभए कुनै पनि प्राणी बाँच्दैन भन्दै जीवनको अमूल्य चीज पानी शुद्ध, स्वच्छ र गुणस्तरिय बनाउनुपर्नेमा जोड दिएको बताइएको छ । महासंघको अध्यक्षमा ध्रुव गौतम चयन हुनुभएको छ । महासंघको बरिष्ठ उपाध्यक्षमा सोमप्रसाद काप्री, उपाध्यक्षहरुमा मेधनाय चौलागाई (कोशी प्रदेश), दिपक शाह (मधेश प्रदेश) केशव घिमिरे (बागमती प्रदेश), प्रेम क्षेत्री (गण्डकी प्रदेश), सुनिता घिमिरे लुम्बिनी प्रदेश, परशुराम सिलवाल (कर्णाली), कैलाश भट्ट (सुदुर पश्चिम) चयन हुनुभएको बताइर्एको छ ।

यस्तै महिला उपाध्यक्षमा लिला भण्डारी, वस्तुगत उपाध्यक्षमा विजय श्रेष्ठ (ट्यांकर संघ), उपत्यका उपाध्यक्षमा गोकर्ण सिलवाल र उपाध्यक्ष (निर्यात) गणेश बहादुर भण्डारी नियुक्त गरिएको छ । महासंघको महासचिवमा कमल अधिकारी, उपमहासचिवमा कविन्द्र कोइराला (कास्की) रहेका छन् । सचिवमा रुपचन्द्र थापा (काभ्रे) र मिना दाहाल (नवलपुर), नरेन्द्र प्रसाद न्यौपाने (काठमाडौं) रहेका छन् भने कोषाध्यक्षमा मोहनमान श्रेष्ठ (काठमाडौं), सह–कोषाध्यक्षमा गोपी शिवाकोटी (काठमाडौं) रहेको बताइएको छ ।

यस्तै संघको सदस्यहरूमा श्रीकान्त कुसुवाह (मधेश), लक्ष्मण पन्त (चितवन), सुरेन्द्र श्रेष्ठ (तनहुँ), विनोद श्रेष्ठ (सिन्धुली), शम्भु खनाल (चितपन), सुजन थापा (काठमाडौं), गणेश न्यौपाने (दाङ), दुर्गा प्रसाद पौडेल (सिन्धुपाल्चोक), चन्दा पौडेल क्षेत्री (पर्वत), निल बहादुर घोताने (गोर्खा), धर्मराज तामाङ्ग (काठमाडौं), विश्वनारायण श्रेष्ठ (काठमाडौ) ,नवराज खनिया (चितवन), दिनेश बस्नेत (दोलखा), खिम बहादुर थापा (स्याङ्जा), बद्री प्रसाद देवकोटा (काठमाडौं), रमेश न्यौपान (काठमाडौं), बुद्ध बहादुर गुरुङ (काठमाडौं), हरि आचार्य (काठमाडौं) मनोनितमा अंकित श्रेष्ठ रहेका छन् । महासंघको संरक्षकमा धर्मानन्द श्रेष्ठ रहेको बताईको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0