सम्पत्ती विवरण सार्वजनिक नगर्दा सुशिला कार्की नेतृत्व सरकारको चौतर्फी आलोचना
काठमाडौं । भ्रष्टाचार र सामाजिक सञ्जाल बन्दको विरोधमा गत भदौ २३/२४ गते भएको जने जी पुस्ताको आन्दोलनको बलमा सरकारको नेतृत्व गर्नु हुने प्रधानमन्त्री र मन्त्रीहरूले आफ्नो सम्पत्ति विवरण सार्वजनिक नगरेपछि अहिलो चौतर्फी आलोचना भएको छ । यसैसन्र्दभमा बिहीबार राष्ट्रिय सभा अन्तर्गतको सार्वजनिक नीति तथा प्रत्यायोजित समितिको बैठकमा समेत सांसद युवराज शर्माले प्रधानमन्त्री र मन्त्रीको सम्पत्ति विवरण किन सार्वजनिक गरिएन भन्दै प्रतिप्रश्न गरेपछि अहिले झन चासोको रुपमा हेरिएको छ ।
प्रधानमन्त्री सुशीला कार्की नेतृत्व मन्त्रिपरिषद् १० सदस्यीय मन्त्री रहेका छन् । गत भदौ २७ गते प्रधानमन्त्रीमा नियुक्त हुनुभएकी कार्कीले भदौ ३० गते तीनजना मन्त्री नियुक्त गर्नुभएको थियो । जसअन्तर्गत पूर्वअर्थसचिव रामेश्वर खनाल अर्थमन्त्री र संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयको जिम्मेवारीमा रहनुभएको छ ।
सोही दिन नेपाल विद्युत् प्राधिकरणका पूर्वप्रबन्धनिर्देशक कुलमान घिसिङ ऊर्जा, जलस्रोत तथा सिँचाइ, भौतिक पूर्वाधार तथा यातायात र शहरी विकासमन्त्री भए । अधिवक्ता ओमप्रकाश अर्याल गृहमन्त्रीको जिम्मेवारी दिनुभएको थियो । प्रधानमन्त्री कार्कीले दोस्रो चरणमा गत ६ असोजमा चार जना मन्त्री नियुक्त गरेकी थिइन् ।
जसअन्तर्गत अनिलकुमार सिन्हा उद्योग, वाणिज्य तथा आपूर्ति, कानुन, न्याय तथा संसदीय मामिला र भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री भए । महावीर पुनले शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयको जिम्मेवारी पाए । मदनप्रसाद परियार कृषि तथा पशुपन्छी विकासमन्त्री बन्नु भएको छ । कात्तिक ९ गते तेस्रो पटक मन्त्रिपरिषद् विस्तार गरि पूर्वस्वास्थ्य सचिव सुधा गौतम स्वास्थ्य तथा जनसंख्यामन्त्री, एनजीओ सञ्चालक बब्लु गुप्ता युवा तथा खेलकुद मन्त्रीमा नियुक्त गरिएको थियो ।
यसरी मन्त्रीहरु नियुक्त गरि रहदा विद्यमान ऐनलाई समेत लत्याउदै प्रधानमन्त्री सहित सबै मन्त्रीले सम्पत्ति विवरण नबुझाउने र सरकारले सार्वजनिक नगर्दा दलगतकै लाइनमा सरकार गएको समेत आरोप लागेको छ । सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेललेले प्रधानमन्त्री र मन्त्रीहरूले सम्पत्ति विवरण बुझाइसकेको बताएपनि त्यसलाई सार्वजनिक गर्ने वा नगर्ने विषयमा प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले आवश्यक निर्णय लिन बाँकी रहेको बताउदै आउनु भएको छ ।


