एमालेको अनुशासन आयोगमा भ्रष्टाचारीको दवदवा : अध्यक्षमा दोषी ठहर पहारीलाई जिम्मा

काठमाडौं । जहाँ सुसाशन र नियम बढी कृयाशिल हुने विभागमा भ्रष्टाचार गरेको ठहर भएका व्यक्तीलाई नै अनुशासन आयोगको जिम्मेवारी दिएपछि सो आयोगको काम कारबाही कस्तो होला ? अहिले यो प्रश्न चौतर्फी रुपमा उठेको छ ।

कुरा हो नेकपा एमालेको ११ राष्ट्रिय महाधिबेशनबाट अनुशासन आयोगको अध्यक्षमा प्राडा भरतराज पहारीलाई निर्विरोध निर्वाचित गरेपछि सो प्रश्नले प्राथमिकता पाएको छ । भ्रष्टाचार मुद्दामा दोषी ठहर भएका पहारी काठमाडौंमा सम्पन्न एमालेको एघारौँ महाधिवेशनमा आयोगको अध्यक्षमा एकल उम्मेदवारी परेपछि उनी निर्विरोध भएका थिए ।

पहारी भ्रष्टाचार मुद्दामा दोषी ठहर भएका व्यक्ति हुन्। पुल्चोक इन्जिनियरिङ क्याम्पसको डिन हुँदा अकुत सम्पत्ति आर्जन गरेको भनेर अख्तियार दुरुपयोग अनुसन्धानले उनीविरुद्ध मुद्दा दायर गरेकोमा विशेष अदालतले ०७५ सालमा दोषी ठहर गरी १० महिना कैद र ९८ लाख जरिवानाको सजाय सुनाएको थियो। हाल उनी पोखरामा होटेल व्यवसाय गर्छन्।