अप्ठ्यारो र असहज परिस्थितिमा आफु पिठ्युँ नफर्काई विकासलागि प्रतिबद्ध छु : एमाले सचिब बस्नेत
भक्तपुर । आगामी फागुन २१ गते हुने प्रतिनिधी सभा निर्वाचन केवल प्रतिनिधि छान्ने प्रक्रिया मात्र नभई देश र जिल्लाको भविश्य तय गर्ने भएकाले सोही अनुसार मतदान गर्न दलका नेता तथा कार्यकर्ताहरुले सवैलाई आग्रह गरेका छन् ।
यसैक्रममा भक्तपुर क्षेत्र नम्बर २ का एमाले उम्मेदवार महेश बस्नेतले देश र जिल्लाको भविष्य तय गर्ने कार्यमा आफुहरु लागि परेको र सो कार्य पुरा गर्नकालागि जनताको साथ आबश्यक भएकाले आफु उमेदबार भएको समेत बताएका छन् ।
उनले घरदैलो कार्यक्रमका क्रममा मलाई केवल उम्मेदवारको रुपमा मात्र नहेरि क्षमता, स्पष्टता र प्रतिबद्धता पुरा गर्ने गरि जनताबाट अनुमोदन गराउन समेत आग्रह गरेका छन । उनले आफ्नो मतदाताका सामु संसदमा गएर प्रभावकारी नीति निर्माण गर्ने, तथ्य, तर्क र आधारसहित बोल्ने र बहस गर्ने, आफ्नो क्षेत्रको विकासका लागि आवश्यक बजेट ल्याउने पहुँच र अनुभव भएकाले आफु भक्तपुरकालागि उपयुक्त रहेको समेत बताएका छन् ।
उनले आफु आलोचना मात्र होइन, समाधान प्रस्तुत गर्ने साहस रहेको बताउदै अप्ठ्यारो र असहज परिस्थितिमा समेत आफु पिठ्युँ नफर्काउने दृढता व्यक्त गर्दै विकासका लागि प्रतिबद्ध रहेको समेत बताएका छन् ।
त्यसैले परिवर्तनलाई नारा होइन, परिणाममा रुपान्तरण गर्ने सोच लिएर चुनाबी मैदानमा उत्रेको उनले बताएका छन । त्यसैले, भक्तपुर क्षेत्र नं. २ को समृद्ध भविष्यका लागि, स्थिरता र विकासका लागि आफुलाई जिम्मा दिन र खबरदारी समेत गर्न उनले आग्रह गरेका छन ।


