पशुपतिनाथ क्षेत्रको सुरक्षाका लागि तीन हजार दुई सय प्रहरी परिचालन

काठमाडौँ । शिवरात्रि मनाउन पशुपतिनाथ क्षेत्रमा घुइँचो लागेका दर्शनार्थीको भिड व्यवस्थापनका लागि प्रहरीले ३ हजार २ सय जनशक्ति परिचालन गरेको छ । जिल्ला प्रहरी परिसर, काठमाडौंका प्रमुख एसएसपी रमेश थापाका अनुसार सुरक्षामा कुनै कमी छैन ।

ट्राफिक प्रहरीले पशुपतिनाथ क्षेत्रमा प्रमुख सडकमा विहानै देखि डाइभर्सन गरेको छ । दर्शनार्थीले तोकिएका स्थानमा पार्किङ गर्नुपर्ने र त्यसका लागि ड्युटीमा खटिएका ट्राफिकले आवश्यक सहजीकरण गर्ने ट्राफिक प्रमुख एसएसपी नवराज अधिकारीले बताए ।

शिवरात्रि मनाउन आज बिहानैदेखि पशुपतिनाथ क्षेत्रमा दर्शनार्थीको घुइँचो लागेको छ । भारतसहित देशका विभिन्न स्थानबाट साधु, सन्त, महन्त तथा नाङ्गा बाबा आएका छन् ।

र यो पनि………..

http://prithvipost.loc/news/7718/

http://prithvipost.loc/news/7682/