नेक वोर्ड सदस्यका लागि निर्वाचन हुँंदै ः कसले मार्ला बाजी ?
भक्तपुर । नेपाल इन्जिनियरिंङ कलेज (नेक) दुवाकोट चाँंगुनारायण भक्तपुरको वोर्ड (सञ्चालक समिति) को सदस्य (शिक्षक प्रतिनिधिहरुकोतर्फबाट) का लागि निर्वाचन हुने भएको छ । निर्वाचनमा कलेजमा कार्यरत शिक्षकहरुले मतदान गर्नेछन् । यसका लागि कलेजले मतदाता शिक्षकहरुको नामावलीसमेत सार्वजनिक गरिसकेको छ । सार्वजनिक गरिए अनुसार एक सय १३ जना शिक्षक मतदाताहरु रहेका छन् ।
निर्वाचन कार्यक्रमका लागि यसअघि नै निर्वाचन समिति गठन गरेको थियो । अधिवक्ता किरण न्यौपानेको संयोजकत्वमा तीन सदस्यीय निर्वाचन समिति गठन गरिएको थियो । निर्वाचन समितिको अन्य दुई जना सदस्यहरुमा अधिवक्ता डा नरेश महर्जन र कलेजका प्रशाशन प्रमुख श्रीमा शर्मा रहका छन् ।
निर्वाचनकै प्रायोजनका लागि यसअघि नै उम्मेदबारी दर्ताको आह्न भएको थियो । आह्वान अनुसार दुई जना शिक्षकहरुले उम्मेदबारी दर्ता गराएका छन् । सावित्रीकुमारी त्रिपाठी र रामप्रसाद सुवालले उम्मेदबारी दर्ता गराएका हुन् । त्रिपाठीको उम्मेदबारीका लागि प्रस्तावकमा दिवंगत खोटेजा रहेका छन् भने समर्थकमा दीपकबहादुर धामी रहेका छन् । खोटेजा कलेजमा कार्यरत शिक्षकहरुमध्येबाट नेकपा एमाले निकट प्राध्यापकहरुको संगठन नेपाल प्रगतिशिल प्राध्यापक संघ नेपाल इन्जिनियरिंग कलेज एकाई समितिका अध्यक्ष हुन् भने समर्थक धामी नेपाली कांग्रेस निकट नेपाल प्रजातान्त्रिक प्रध्यापक संघ नेपाल इन्जिनियरिंग एकाई समितिका अध्यक्ष हुन् । अर्का प्रतिस्पर्धी शिक्षक रामप्रसाद सुवालले भने स्वतन्त्रतर्फबाट उम्मेदबारी दिएको बताएका छन् । उनको उम्मेदबारी प्रस्ताबकमा राघव स्याङदन र समर्थकमा कृष्णराम भण्डारी रहेका छन् । मतदानबाट निर्वाचित शिक्षक कलेज बोर्ड (सञ्चालक समितिको) सदस्य हुनेछन् । समितिका सदस्यका हैसियतले उनले यही मंसिर २८ गते हुने कलेज सञ्चालक समितिको बैठकमा सहभागी हुन पाउने छन् । साथै सञ्चालक समितिको हरेक वैठकमा उनी शिक्षक प्रतिनिधिहरुकोतर्फबाट समितिको वैठकमा सहभागी हुन हैसियतका हुनेछन् ।
कलेज सञ्चालक समितिको अध्यक्षमा हाल कलेज सञ्चालक भक्तपुरको चाँंगुनारायण नगरपालिकाका प्रमुख जीवन खत्री रहेका छन् । सञ्चालक समिति नौ सदस्यीय रहेको छ । सञ्चालक समितिको सदस्य सचिवमा कलेजका प्राचार्य एसोसिएट प्रोफेसर दुर्गाप्रसाद भण्डारी रहेका छन् । बाँंकी सदस्यहरुमा भने भक्तपुरका सहायक प्रमुख जिल्ला अधिकारी चिरञ्जीवी भण्डारी, पोखरा विश्वविद्यालयकातर्फबाट अर्जुन गौतम रहेका छन् । बाँकी वोर्ड सदस्यहरुमा कलेज रहेको क्षेत्रमा रहेका ठूला राजनीतिक पार्टीहरु नेपाली कांग्रेसबाट सोमप्रसाद प्रधान (चाँंगुनारायण नगरपालिका वडा नं २ का वडा अध्यक्ष पनि), नेकपा माओवादी केन्द्रबाट नरेश खड्का रहेका छन् । साथै स्थानीय समाजसेवी एवं अगुवा दिनेश खनाल, सन्तोष केसी रहेका छन् ।
यसअघि शिक्षक प्रतिनिधिहरुकोतर्फबाट वोर्ड सदस्य रहेका दुर्गाप्रसाद भण्डारी प्राचार्यमा पुगेपछि उक्त सञ्चालक समितिको सदस्य पद खाली भएको थियो । यसबाहेक सञ्चालन लागि प्राचार्य भण्डारीको नेतृत्वमा व्यवस्थापन समिति छ । समितिमा कलेजका सहप्राचार्य एसोसिएट प्रोफेसर मोहनध्वज केसी, विभिन्न विभागीय प्रमुखहरु तथा प्रशाशनलगायतका अन्य प्रतिनिधिहरु सदस्यहरु रहेको व्यवस्थापन समिति छ ।


