अपरिचित म सार्वजनिक

गायकको नामः अनिल रिजाल
ब्यान्डको नामः सन्दर्भ ब्यान्ड
गीतको नामः अपरिचित म
पछिल्लो ५ वर्षदेखि लगातार संगीत क्षेत्रमा सक्रिय सन्दर्भ ब्यान्डका भोकलिस्ट तथा फ्रन्टम्यान अनिल रिजालको यो तेस्रो औपचारिक गीत हो। आफ्नो भावना बुझ्न नसके पनि अरूको भावना बुझ्ने प्रयास गरेर लेखिएको गीत हो “अपरिचित म,“ अनिल रिजाल बताउँछन् ।
“अपरिचित म“ गीतले एक व्यक्तिको संघर्षलाई उजागर गर्छ, जसले बारम्बार यातना, परित्याग, निराशा, असफलता, चकनाचूर सपना, र हराएको माया भोगेका छन्। उनी जीवनको अर्थ के हो, खुसी कसरी भेट्ने, सम्बन्ध र समयलाई कसरी व्यवस्थापन गर्ने भन्ने प्रश्नहरूको उत्तर खोजिरहेका छन्, तर तिनका उत्तर अझै भेटिएका छैनन्। यो गीतले अस्तित्वको यो अँध्यारो कोठाभित्रको बाँच्नको यात्रालाई चित्रण गर्छ।
यस गीतलाई लुमन स्थापितले एरेन्ज गरेका हुन् भने भोकल रेकर्ड राज महर्जनले गरेका हुन्। साथै, सन्दर्भ ब्यान्डका ड्रमर प्रनुप रिजालको पनि विशेष भूमिका रहेको छ।
कास्टिङः सुन्दर धिताल, राजु रिसाल, रमेश बस्नेत, प्रज्वल गहतराज लगायतका कलाकारहरूले अभिनय गरेका छन्।
युट्युबः अनिल रिजाल च्यानल