आशाको सन्देश फैलाउँंदै आशाको सन्देश नेपाल

ललितपुर । आशाको सन्देश नेपाल नामक गैर सरकारी संस्थाले नेपाली समुदायमा आशाको सन्देश फैलाउँदै आएको जनाएको छ । संस्थाको आइतबार भएको सामाजिक परीक्षण २०८२ कार्यक्रममा संस्थासँंग सम्वन्धित अधिकारीहरुले संस्थाले २०६४ सालमा संस्था स्थापना गरेदेखिबाट आशाको सन्देश फैलाउँंदै आएको जानकारी गराइयो । संस्थाका अध्यक्ष डा सिमोन पाण्डेले विभिन्न सञ्चारमाध्यमहरुबाट ती सन्देशहरु फैलाउँदै आएको जनाए । रेडियो, टिभी कार्यक्रमको उत्पादन गरी ती कार्यक्रमहरु देशभरका मिडियाहरुबाट प्रकाशन, प्रशारण गर्दै आइरहेको जानकारी उनले सो अवसरमा गराए ।


कार्यक्रममा जानकारी गराए अनुसार संस्थाले देशभरका झण्डै दुई दर्जन रेडियो एफएम, टेलिभिजनहरुबाट कार्यक्रमहरु प्रसारण गर्दै आएको छ । साथै विभिन्न समाजिक सञ्जाल तथा अर्ध वार्षिक रुपमा आजको वचन म्यागेजिन प्रकाशित गरी समुदायमा आशाको सन्देश फैलाउँंदै आएको छ । कार्यक्रममा नेपाल मानव अधिकार आयोगका पूर्व सदस्य डा केवी रोकाया, गोविन्द पौडेललगायतले देशबासीमा आशाको सन्देश फैलाउनु पर्नेमा जोड दिएका थिए ।