काँग्रेसको विवाद मिलाउन राष्ट्रपति पौडेल सक्रिय : विशेष महाधिवेशन पक्षधरका नेतासंग छलफल

काठमाडौं । नेपाली काँग्रेसमा १५ औं महाधिबेशनको विषयमा बढ्दै गएको विवाद मिलाउन राष्ट्रपति रामचन्द्र पौडेल सक्रिय बन्नुभएको छ । उहाँले कांग्रेसका विशेष महाधिवेशन पक्षधर नेताहरूलाई राष्ट्रपति निवास शीतलनिवास बोलाएर छलफल गर्नुभएको बताइएको छ ।

कांग्रेसमा विशेष महाधिवेशन माग्दै हस्ताक्षर अभियान चलाएका नेताहरूलाई पौडेलले छलफल गर्न लागेका हुन्। समसामयिक विषयमा विभिन्न नेताहरूसँग छलफल गरिरहेको पौडेलले आज कांग्रेसका विशेष महाधिवेशन पक्षधरलाई बोलाएको बताइएको छ ।

लुम्बिनी प्रदेश सभापतिसहित हस्ताक्षर अभियान चलाएका एक दर्जन नेताहरूलाई शीतलनिवास बोलाउनुभएको छ’ स्रोतले भन्यो, ‘हस्ताक्षर अभियानको अगुवाइ गरिरहेका नेता गुरुराज घिमिरेसँग भने उहाँले बेग्लै कुरा गरिसक्नुभएको छ।’ कांग्रेसमा चुनावअघि कि पछि महाधिवेशन गर्ने भन्ने विवाद चलिरहेको छ। थप छलफलको लागि ११ गतेको लागि केन्द्रीय समिति बैठक राखिएको छ।