जेन जी आन्दोलनका क्रममा निधन भएका परिवारसंग प्रधानमन्त्री कार्कीको छलफल

काठमाडौँ । प्रधानमन्त्री सुशीला कार्कीले ‘जेनजी’ प्रदर्शनका क्रममा निधन भएका परिवारसँग छलफल गर्नुभएको छ। सिंहदरबारमा आन्दोलनका क्रममा निधन भएका परिवारका तर्फबाट आएको प्रतिनिधिमण्डलसँग उहाँले छलफलका गर्नुभएको हो । छलफलमा सरकारले प्रदर्शनको ‘म्यान्डेट’अनुरुप गरेका कामका विषयमा छलफल भएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ।

आन्दोदनमा निधन भएका परिवारका भोजविक्रम थापाको नेतृत्वमा आएको प्रतिनिधिमण्डलले चुनावको मात्र कुरा नगरी भ्रष्टाचार विरुद्धको कारबाही र आन्दोलनमा दमन गर्नेहरूलाई पक्राउ गर्नुपर्ने धारणा राख्नु भएको बताइएको छ । यस्तै, यसअघि सरकारसमक्ष राखेका १४ बुँदे माग तत्काल कार्यान्वयन हुनुपर्ने र पुनः आन्दोलनमा जान सक्ने अवस्था आउन नदिनेबारे पनि सचेत गराइएको जनाइको छ।