अक्सन इन्टरनेशल प्रालिमा वैदेशिक रोजगार विभागले छापा
काठमाडौँ । काठमाडौँको नयाँ बानेश्वरमा रहेको अक्सन इन्टरनेशल प्रालिमा वैदेशिक रोजगार विभागले छापा मारेर कागजातहरु नियन्त्रणमा लिएइको छ । सो कन्सल्टेन्सीमा छापा मारेर विभागका अधिकारीहरूले कम्प्युटरलगायत अन्य कागजातहरु बरामद गरेको बताइएको छ ।
अक्सनका अध्यक्ष ईश्वर सापकोटाको रहेको छ उजुरीको आधारमा अक्सनमा छापा मारिएको वैदेशिक रोजगार विभागले जनाएको छ । जापानी नागरिक भएकाले थप अनुसन्धान हुनु पर्ने सरोकारवालाहरुको माग रहेको छ । कन्सल्टेन्सीले अबैधरुपमा ब्यक्तिहरुलाई विदेश पठाउने गरेको आरोप समेत सो कन्सल्टेन्सीमाथी लागेको छ ।
कम्पनीका प्रबन्ध निर्देशक अध्यक्ष एबं इश्वर सापकोटा र उनकी श्रीमती हिकारी आकात्सुका सम्बन्धमा समेत अनुसन्धान गर्नु पर्ने बताइएको छ । जापानी नागरिक हिकारी आकात्सु नेपालमा कुन कानुन अन्र्तगत बस्दै आएकिहुन्, अनुसन्धान गर्न पर्ने भन्दै माग गरिएको छ । उनले अक्सनमा जापान जानेहरुको नक्कली कागजात तयार पर्न काम गर्दै आएको बताइएको छ ।


