कांग्रेसले पठायो महाधिवेशनको नयाँ तालिकासहित ४ बुँदे निर्देशन

काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको निर्णय कार्यान्वयन गराउन तल्ला कमिटीलाई ४ बुँदे परिपत्र पठाएको छ। कांग्रेस केन्द्रीय कार्यालयका मुख्य सचिव कृष्णप्रसाद पौडेलले मातहतका निकायलाई परिपत्र पठाएका हुन्।

उनले प्रदेश, जिल्ला, प्रतिनिधि सभा क्षेत्र, प्रदेश सभा क्षेत्र, पालिका र वडालाई परिपत्र गर्दै निर्णय कार्यान्वयन गराउन निर्देशन दिएका छन्। कांग्रेसको हालै बसेको बैठकले वैशाखमा महाधिवेशन गर्ने गरी नयाँ कार्यतालिका ल्याएको थियो। तर बहुमतले महाधिवेशनको नयाँ कार्यतालिका ल्याएपनि महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्माले भने यही महिनाभित्र विशेष महाधिवेशन गर्ने अडान लिइरहेका छन्।