राष्ट्रिय एकतालाई थप मजबुत बनाउन ल्होसार पर्वको महत्व रहेको छ : एमाले अध्यक्ष ओली
काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टी एमालेका अध्यक्ष केपी शर्मा ओलीले सोनाम ल्होसार पर्वको अवसरमा शुभकामना व्यक्त गरेका छन् । उनले आज सामाजिक सञ्जालमार्फत तामाङ समुदायको यो प्रमुख पर्वले नेपाली समाजमा उज्यालो छरेको बताएका हुन् ।
तामाङ समुदायको नयाँ वर्षका रूपमा मनाइने यस दिनले राष्ट्रिय एकतालाई थप मजबुत बनाउने उनको विश्वास छ । हिमालको काखमा जन्मिएको नेपालको बहुसंस्कृतिले धेरै मौलिक पर्वहरू उपहार दिएको चर्चा गर्दै अध्यक्ष ओलीले यस्ता सांस्कृतिक उत्सवले नै नेपालीहरूलाई आपसी एकतामा रहन सिकाएको उल्लेख गरे ।
उनले तामाङ समुदायको विशिष्ट जीवनदर्शन, समृद्ध भाषा, मौलिक वेषभूषा तथा नृत्य र सङ्गीतको सौन्दर्य नै सोनाम ल्होसार पर्वको मुख्य पहिचान भएको बताएका छन् ।


