मेटाले फेसवुक र इन्स्टा विज्ञापनरहित चलाउन मिल्ने बनाउँदै

१७-भदौ

मेटाले युरोपमा आफ्ना चर्चित एपहरू इन्स्टाग्राम र फेसबुकको सशुल्क भर्सन सार्वजनिक गर्ने भएको छ । मेटाले यी एप विज्ञापनरहित चलाउन मिल्ने बनाउन लागेकाे न्यू योर्क टाइम्सले जनाएको छ ।

यससँगै पैसा तिरेर एप चलाउने प्रयोगकर्ताहरूले प्लेटफर्ममा कुनै विज्ञापन देख्न पाउँदैनन् । यद्यपि विज्ञापन देखिने नि:शुल्क भर्सनको एप भने जारी नै रहने छ ।

आम्दानी बढाउन, युजर एक्सपेरियन्स सुधार गर्न, युजर इन्गेजमेन्ट बढाउन र डेटा सुरक्षामा थप काम गर्न मेटाले यस्तो कदम चाल्न लागेको बताइएको छ ।

तर कम्पनीले सशुल्क संस्करण कहिले सार्वजनिक गर्छ र शुल्क कति लाग्छ भन्ने जानकारी भने दिइसकेको छैन ।