आज टोपी दिवस ः ढल्कने टोपीको पल्टने छाँट

भक्तपुर । भक्तपुरको भादगाउँले कालो टोपी देसविदेशमा प्रख्यात छ । तर यी देशविदेशमा प्रख्यात भादगाउँंले टोपी कहाँं बनाउँंछ भन्ने भक्तपुरको बाहिरकालाई मात्रै होइन, निकै कमै भक्तपुरेबासीलाई मात्रै थाहा छ । किनकि यी भादगाउँंले टोपी वनाउने व्यवसाय संकटमा छ । भादगाउँंले टोपीको माग कम भएसँंगै टोपी बनाउनेहरु भक्तपुर नगरमै मात्रै सिमित छन्, त्यो पनि एकदुई वटा घरहरुमा एकदुईजना परिवारका सदस्यहरु मिलेर घरेलुस्तरमा मात्रै । यही कारण भादगाउँंले टोपी बनाउने घर कहाँं छ भन्ने कुरा निकै कमलाई मात्रै थाहा छ ।
उद्योगीहरूले भक्तपुरको परिचय बनेको भादगाउँ (भक्तपुरे कालो टोपी) इतिहास हुने क्रममा रहेको भन्दै चिन्ता व्यक्त गरे । पहिला पहिला भक्तपुरको भादगाउँले टोपी सरकारी कार्यालयका कर्मचारीहरूलाई अनिवार्य रहेको थियो तर पछि त्यो नियम बन्द भएपछि अहिले ढल्कने भादगाउँले टोपी पल्टने अवस्थामा रहेको छ, व्यवसायीहरुको सामूहिक भनाई छ ।
भादगाउँले कालो टोपी उद्योग संघ भक्तपुरका उद्योगीहरूले भक्तपुरमै यो टोपी बनाउने उद्योगीहरू भेटाउन मुस्किल भएको बताए । उनीहरूका अनुसार भादगाउँले टोपी बनाउने उद्योगीहरू भक्तपुर नगरका एकदुई घरमा फाटफुट रुपमा घरेलुस्तरमै मै मात्रै सीमित रहेकाले टोपी बनाउने ठाउँं स्वयम भक्तपुरेलाई नै थाहा नभएको हो । उनीहरूका अनुसार नगरका विभिन्न वडाहरूमा झन्डै एक दर्जन घरहरूले भादगाउँले टोपी बनाउने पेसा गरिरहेका छन्, त्यो पनि घरेलुस्तरमा एक दुई जना परिवारका सदस्यले मात्रै । मुलुककै पहिचान बनेको भादगाउँले टोपीलाई जोगाइराख्न देशभरका सात वटै प्रदेशका सरकारी कर्मचारीहरूलाई अनिवार्य गर्न उनीहरुकोे सरकारसँग माग छ ।
भादगाउँले कालो टोपी उद्योग संघ भक्तपुरका अध्यक्ष सीताराम श्रेष्ठले देशकै पहिचान बोकेको भादगाउँले टोपीको प्रयोगलाई नीतिगत रुपमै निर्णय गरी चलाउनुपर्नेमा जोड दिए । कमसेकम भक्तपुर नगरपालिकाले सञ्चालन गरिराखेको शैक्षिक संस्थाहरूमा अध्ययन गर्ने विद्यार्थीहरुलाई मात्रै पनि भादगाउँंले टोपी अनिवार्य गरेको भए भक्तपुरको पहिचान बनेको भादगाउँंले टोपीले बाँंच्ने आधार पाउने बताए । भक्तपुर नगरपालिकाले ख्वप ब्राण्डमा आठ वटा कलेजहरु सञ्चालन गरिराखेको छ । ती कलेजहरुमा दस हजार भन्दा वढी विद्यार्थीहरु अध्ययनरत छन् ।
भादगाउँले कालो टोपी उद्योग संघ भक्तपुरका उपाध्यक्ष रत्नकाजी छुँजूले भक्तपुर नगरका सरकारी कार्यालय वा भक्तपुर नगरपालिकाद्धारा सञ्चालित कलेजहरूमा मात्रै पनि अनिवार्य गरिदिए यसको संरक्षणमा टेवा पुग्ने बताए । संघका सल्लाहकार विश्वराम दुवालले भक्तपुरकै परिचय बनेको टोपीलाई जीवन्त बनाउनु जरुरी रहेको खाँंचो औल्याए ।
भक्तपुरको पहिचान बनेको टोपीलाई जोगाइराख्न प्रयास थालेको भक्तपुर नगरपालिका बताउँंछ । पहिलो चरणमा आगन्तुकहरूलाई भादगाउँले टोपी उपहार स्वरूप लगाउने दिने चलन थालेको भक्तपुर नगरपालिका प्रमुख सुनिल प्रजापति बताउँंछन् । पहिला उद्योगीहरूको पनि संगठन नभएकोले छलफल गर्न कठिनाइ भएको र अव संगठन भएपछि संगठनसँंगै छलफल गर्न सजिलो भएर यसको प्रयोगको कार्यान्वयनमा जान सहज भएको भनाई उनले राखे । संघ हालसालै मात्रै गठन भएको हो । संघ ११ सदस्यीय रहेको छ । सगठनमा एउटा उद्योगीबाट दुई दुई जना गरी ३० जना साधारण सदस्य रहेका छन् ।
भक्तपुर नगरपालिकाले यहाँका मौलिक तथा परम्परागत सीप तथा कलाहरू संरक्षण र सम्बद्र्धमा विशेष पहल गर्न भक्तपुर भ्रमण गर्ने स्वदेशी तथा विदेशी विशिष्ट पाहुनाहरूलाई भादगाउँले टोपी, जुजु धौ, मौलिक थैली र मयुरको झ्याल उपहार स्वरूप प्रदान गर्दै आएको छ ।