काठमाडौंको रानीबनबाट ८ जना जुवातास खेलाडी पक्राउ
काठमाडौं, १ भदौ । काठमाडौं जिल्लाको नागार्जुन नगरपालिका–१ रानिवनस्थित पार्टी प्यालेसमा जुवातास खेलिरहेका ८ जनालाई प्रहरीले पक्राउ गरेको जनाएको छ । पार्टी प्यालेसमा जुवातास खेलिरको अबस्थामा गोरखा जिल्लाको गण्डकी गाउँपालिका–५ घर भएका ४८ वर्षीय देव खनाल लगायत ८ जनालाई प्रहरीले पक्राउ गरेको बताइएको छ ।
उनीहरुलाई प्रहरी वृत्त स्वयम्भूबाट खटिएको प्रहरीको एक टोलीले पक्राउ गरेको बताइएको छ । उनीहरूको साथबाट नगद ३५ हजार ४ सय ८० रूपैयाँ र ४ बुक तास सहित पक्राउ गरेको जनाइएको छ ।


