केयुकेएलको ठेक्का प्रणाली ह्याक गरि १० अर्ब भ्रष्टाचारमा सहयोग गर्ने निर्माण व्यवसायी सागर पक्राउ
काठमाडौं । एशियाली विकास बैंकको ऋण अनुदानमा काठमाडौं उपत्यकाबासीकालागि स्वच्छ खानेपानीको व्यवस्थापन गर्ने पाँच वटा पाईप लाईनको ठेक्का अलपत्र परेर अकुत रकम हिनामिना प्रकरणमा संलग्न निर्माण व्यवसायीलाई प्रहरीले पक्राउ गरेको छ । निर्माण व्यवसायी संघ मकवानपुरका वरिष्ठ उपाध्यक्ष सागर कटुवाललाई प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआइबी) ले पक्राउ गरेको छ ।
उनी नेपाल निर्माण व्यवसायी संघको १३ औँ अधिवेशनमा केन्द्रीय सदस्यका उम्मेदवार बन्ने भएपछि मकवानपुरका निर्मार्ण व्यवसायी चुनावमा सहभागी हुन आएका थिए । सीआइबीले सार्वजनिक खरिद अनुगमन कार्यालयको ठेक्का प्रणाली नै ह्याक गरेर ठूला ठेक्का कब्जा गर्दै आएको घटनामा दुई महिनादेखि अनुसन्धान गरिरहेको थियो । यसैक्रममा कटुवालको पनि संलग्नता देखिएको भन्दै उनलाई चैत १७ गते राति पक्राउ गरिएको हो ।
सार्वजनिक खरिद अनुगमन कार्यालयले बोलपत्रडटकमडटएनपी मार्फत अनलाइन बोलपत्रको व्यवस्थापन गर्दै आएकामा बोलपत्र प्रणाली ह्याक गरी अरूले पेस गरेको बोलपत्र हेर्ने र तोकिएको समयभन्दा केही मिनेट मात्र अगाडि सबैको भन्दा कम हुने गरी आफ्नो आर्थिक प्रस्ताव राखेर ठेक्का कब्जा गर्ने गिरोहका सदस्य खोज्ने क्रममा कटुवालको पनि संलग्नता देखिएको सीआइबीको भनाइ छ ।
कटुवाल अघि सीआइबीले चार ठूला ठेक्का ह्याक गरी कब्जा गरेको प्रकरणमा केही निर्माण व्यवसायीलाई पक्राउ गरिसकेको छ । काठमाडौँ उपत्यका खानेपानी लिमिटेड (केयुकेएल) को १० अर्ब रुपैयाँको ठेक्कामा पनि यस्तै ह्याक गरेको पाइएपछि सीआइबीले आशिष निर्माण सेवाका निर्माण गौली, सगुन निर्माण सेवा, डिभिजन सडक कार्यालय भक्तपुरले खुलाएको बोलपत्रमा रौताडा कन्स्ट्रक्सनलाई पनि अनुसन्धानको दायरामा ल्याइसकेको छ ।
यसैक्रममा हाम्रो कटुवाल निर्माण सेवाका कटुवाल पनि थपिएका हुन् । एडीवीको रकममा काठमाडौं उपत्यका भित्र पेप्सीकोला, भक्तपुर, मध्यपुर ठिमी, जोरपाटी दक्षिणका जनताहरुकालागि पाइपलाईनको ठेक्कामा पाँच वटा प्याकेजकोलागि १२ अर्ब रुपैयाँको ठेक्काकालागि भएको टेन्डरमा कर्मचारीहरको मिलिमतोमा १० प्रतिशत छुट दिने डकुमेन्ट ई–टेन्डर बीट गरि अनियमितता गरेको सरकारी निकायले गरेको अनुसन्धानबाट खुल्न आएको छ ।
र यो पनि….
कर्मचारी र सम्बन्धीत ठेकेदार कम्पनीको अबैध साँठगाँठमा सार्वजनिक खरिद अनुगमन कार्यालयको ठेक्का प्रणाली नै ह्याक गरेर अनुचित रुपमा ठेक्का फारम अनलाईनबाट हालिएको समेत पाइएको छ ।
उक्त ठेक्कामा खानेपानी आयोजनाका तत्कालिन आयोजना प्रमुख लक्ष्मीप्रसाद उपाध्यय, आयोजनाका उपआयोजना प्रमुख विकेश बान्छादे, सिडीई मधु तिमल्सिना, सिडीई श्याम न्यौपाने, सिडिई प्रभात श्रेष्ठ र केयुकेएलका आईटी इन्जिनियर बिक्रम आचार्यले आशिष निर्माण सेवा र सगुन कन्ट्रक्सनसंग करोडौ रुपैयाँ कमिशन लिएर पिपिएमओसंग सेटिङ मिलाई ठेक्काको अन्तिम समयमा आशिष र सगुनलाई ठेक्का पर्ने गरि १० प्रतिशत छुट दिने पत्र अपलोड गरेको पाइएको छ ।
सार्वजनिक खरिद अनुगमन कार्यालयको ठेक्का प्रणाली नै ह्याक गरेर ठेक्का कब्जामा लिई अबैध रुपमा कर्मचारीलाई कमिशन दिएर अनियमितता गरेको प्रारम्भिक छानबिनमा देखिएपछि विस्तृत अनुसन्धान भई रहेको नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो ९सिआइबी० ले जनाएको छ । सो अबैध कार्यको सिआइबी र साइबर ब्युरोले दुई महिनादेखि अनुसन्धान गरिरहेको समेत बताइएको छ ।
हालसम्मको अनुसन्धानले सार्वजनिक खरिद अनुगमन कार्यालयको अनलाइन सिस्टममा अनुचित पहुँच ९ह्याकिङ० पु¥याएको प्रशस्त प्रमाण भेटिएको बताइएको छ । यसरी ह्याकिङ गरि पाँचवटा प्याकेज मार्फत खुलाइएको ठेक्कामा ४ अर्ब रुपैयाँको तीनवटा प्याकेज आशिष निर्माण सेवालाई दिने अन्तिम तयारी समेत गरेको थियो । सोही कम्पनीका मालिक निर्माण गौलीले सबैभन्दा कम आर्थिक प्रस्ताव गरेको समेत पाइएको छ । सोही कम्पनीले अनधिकृत पहुँच पु¥याएको छानबिनबाट खुल्न आएको छ ।
सो कम्पनीले यसअघि मदन भण्डारी राजमार्ग आयोजना निर्देशनालयको एक ठेक्कामा पनि अन्तिम सयमा ‘बिड मोडिफाई’ गर्ने असफल प्रयास गरेको थियो । केयुकेएलमा बाँकी ठेक्का चिनियाँ कम्पनीसँगको साझेदारीमा सगुन निर्माण सेवालाई दिने तयारी गरिएको थियो । सो कम्पनीको पनि मिलेमतोको आशंका गरिएको छ ।
सबैभन्दा कम आर्थिक प्रस्ताव गर्ने कम्पनीका सञ्चालक तथा कर्मचारीसँग पनि प्रारम्भिक सोधपुछ गरि कारबाही अगाडी बढाइएको बताइएको छ । अहिले यसरी खुला रुपमा अबैधधन्दा गरि सरकारी ढुकुटीको दोहन गर्नेमा सरकारी कार्यालयमध्य खानेपानी मन्त्रालय अन्र्तगतको केयुकेएल पर्ने गरेको समेत पाइएको छ ।


