Prithvi Post

४ कार्तिक २०८२, सोमबार

काठमाडौं, १ भदौ । सुनकोशी मरिण डाइभर्सन निर्माणमा लगानीको अभाव भएको सो निर्माण कम्पनीका अधिकारीहरूले बताएका छन् । प्रतिनिधि सभा अन्तर्गतको पूर्वाधार विकास समितिले गठन गरेको उपसमितिमा आइतवार सुनकोशी मरिण डाइभर्सनमा भइरहेको ढिलासुस्तीबारे भएको छलफलमा रमण कन्स्ट्रक्सनका प्रतिनिधिहरूले लगानीको अभाव भएको गुनासो गरेको बताइएको छ । सो बैठकमा रमण कन्स्ट्रक्सनका प्रतिनिधि रमण पट्टेलले आफूले गरेका परियोजनामा बैंकहरूले लगानी रोक्न थालेको भन्दै अब आयोजनाहरू अघि बढाउन समस्या पर्ने बताउनु भएको छ ।​

पट्टेलले ‘सुनकोशी मरिण डाइभर्सन किन आज सुस्त गतिमा अघि बढेको भन्ने सन्दर्भमा धेरै समस्या रहेको बताउनु भएको छ । अहिले बैंकहरूले फन्डिङ रोकिदिएको बताउदै उहाँले लगानी रोकेको अवस्थामा भेरी बबई आयोजनाको के अवस्था हुन्छ र अन्य ३३ अर्बका प्रोजेक्टहरूको अवस्था के हुन्छ भन्ने प्रतिप्रश्न समेत गर्नुभएको छ । सुनकोशी मरिण डाइभर्सनमा प्राइम कमर्सियल बैंक, प्रभु बैंक, ग्लोबल आइएमई बैंक, कुमारी बैंक, माछापुच्छ्रे बैंक लगायतले लगानी गरिरहेका छन्। प्रभु बैंकका प्रतिनिधि पेशल दाहालले आयोजनाका बारेमा कामको प्रगतिका बारे आफूहरूले हेरिरहेको बताउनु भएको छ ।

आयोजनाको मनिटरिङ गर्दै आगामी दिनका योजना समेत मागिरहेको बताइएको छ । दाहालले चारवटा बैंकले ५० करोड दिने निर्णय गरे पनि बैंक ग्यारेन्टी क्लेमको अवस्था आएकाले लगानी गर्न अप्ठ्यारो पर्ने बताउनु भएको छ ।।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0