भारतीय विदेश सचिब मिश्रीको उच्चस्तरीय भेटवार्ता सम्पन्न

काठमाडौं, १ भदौ । भारतीय विदेश सचिव विक्रम मिस्रीले दुई दिने नेपाल भ्रमणको पहिलो दिन उच्चस्तरीय भेटवार्ता सम्पन्न गर्नुभएको छ । उहाँले राष्ट्रपति रामचन्द्र पौडेल, प्रधानमन्त्री केपी शर्मा ओली, नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवा र माओबादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसंग छुट्टाछुट्टै भेटबार्ता गर्नुभएको हो । आइतबार बिहान नेपाल आइपुग्नु भएका सचिव मिस्रीले प्रधानमन्त्री ओलीसंग भेटबार्ता गरि औपचारिक भारत भ्रमणको निमन्त्रण पत्र हस्तान्तरण गर्नूभएको छ ।

प्रधानमन्त्री ओलीसँग सिंहदरबारमा भेट गरेलगत्तै उहाँले राष्ट्रपति रामचन्द्र पौडेललाई भेट्न शीतल निवास पुग्नु भएको थियो । राष्ट्रपति पौडेलसंग भेटबार्ता गरिे पछि उहाँ नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा भेट्न देउवा निवास बुढानीलकण्ठ पुग्नु भएको थियो । पूर्वप्रधानमन्त्री समेत रहेका देउवालाई भेटेर मिस्री प्रमुख प्रतिपक्ष दल नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ भेट्न प्रचण्ड निवास खुमलटार पुगेका थिए ।

खासगरी प्रधानमन्त्री केपी शर्मा ओलीलाई आगामी भदौ अन्तिम साता हुने भारत भ्रमणको निम्ता दिन नेपाल आएका मिस्रीले नेपालमा गरेका उच्चस्तरीय भेटवार्तामा नेपाल –भारत –द्विपक्षीय हितका विषयमा छलफल भएका छन् । उक्त भेटबार्तामा राष्ट्रपति पौडेलले एक मित्र एवम् निकट छिमेकीका नाताले भारतले गरेको प्रगतिहरूबाट नेपालले लाभ हासिल गरेको र अझ बढी लाभान्वित हुन चाहेको बताउनु भएको थियो ।

प्रधानमन्त्री ओलीलाई भारत भ्रमणको निम्ता

भारतीय विदेश सचिव मिस्रीले प्रधानमन्त्री नरेन्द्र मोदीले पठाएको निमन्त्रणा पत्र प्रधानमन्त्री केपी ओलीलाई हस्तान्तरण गरेका छन् । सिंहदरबारमा भएको शिष्टाचार भेटपछि मिस्रीले प्रधानमन्त्री ओलीलाई निम्तो हस्तान्तरण गरेको प्रधानमन्त्रीका मुख्य सल्लाहकार विष्णु रिमालले जानकारी दिए । प्रधानमन्त्री ओली भदौ ३१ गते भारत भ्रमणमा जाने लगभग निश्चित भएको परराष्ट्र मन्त्रालयले जनाएको छ । यद्यपि आधिकारिक रूपमा ओलीको भ्रमण मिति भने औपचारिक रूपमा सार्वजनिक भैसकेको छैन ।।