मधेश प्रदेशका पूर्वप्रदेश प्रमुख राजेश झालाई थुनामा पठाउने उच्च अदालतको आदेश

काठमाडौं । उच्च अदालत पाटनले मधेश प्रदेश सरकारका पूर्वप्रदेश प्रमुख राजेश झा अहिराजलाई पुर्पक्षका लागि थुनामा पठाउने जिल्ला अदालत काठमाडौंको आदेश सदर गरेको छ । मुख्यन्यायाधीश लालबहादुर कुँवर र न्यायाधीश खडानन्द तिवारीको हिजोको इजलासले थुनामा पठाउने जिल्लाकै आदेशलाई सदर गरेको उच्च अदालत पाटनका रजिस्ट्रार श्रीलाल पौडेलले जानकारी दिनुभएको हो ।

झाविरुद्ध एक महिलाले २०८१ सालको जेठ ४ गते आफ्नै डेरामा बलात्कार गरेको आरोपमा परेको मुद्दामा जिल्ला अदालत काठमाण्डौले पुर्पक्षका लागि थुनामा पठाउने आदेश दिएको थियो । अदालतको आदेशसँगै झालाई पुर्पक्षका लागि डिल्लीबजार कारागारमा राखिएको छ । जिल्ला अदालत काठमाण्डौको आदेशविरुद्ध झाले उच्च अदालत पाटनमा निवेदन दिएका थिए । त्यही निवेदनमाथिको सुनुवाइपछि जिल्लाकै आदेश सदर भएको हो ।