Prithvi Post

४ कार्तिक २०८२, सोमबार

काठमाडौ. । प्रधानमन्त्री केपी शर्मा ओली चीनको राजधानी बेइजिङ पुग्नु भएको छ । प्रधानमन्त्री ओली चीनको शाङ्घाई संगठन (एससीओ) प्लसको शिखर सम्मेलन सकिए लगत्तै बेइजिङ जानुभएको हो । थियानजिनको कार्यक्रम सकाएर प्रधानमन्त्री ओलीसहितको नेपाली प्रतिनिधिमण्डल रेलमार्गबाट चीनको बेइजिङ पुगेको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ।चीन सरकारद्वारा बेइजिङमा आयोजना हुने फासिवादविरुद्धको विश्वयुद्ध र जापानी अतिक्रमण विरुद्धको चिनियाँ जनताको प्रतिरोधी युद्धमाथिको विजयको ८० औं वार्षिकोत्सव समारोहमा सहभागी हुन प्रधानमन्त्री ओली बेइजिङ पुग्नु भएको हो ।

त्यहाँ प्रधानमन्त्री ओलीको चीनका उराष्ट्रपति हान चङ्गसँग भेट हुनेछ। उपराष्ट्रपति चङ्गद्वारा आयोजित रात्रिभोजमा नेपाली प्रतिनिधिमण्डल सहभागी हुने कार्यसूची रहेको छ। प्रधानमन्त्री ओली चीनका राष्ट्रपति सी चिनफिङको मैत्रीपूर्ण निमन्त्रणमा नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै यही भदौ १४ गते चीन गएका हुन्। ओली नेतृत्वको टोली भोलि स्वदेश फर्किने कार्यतालिका छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0