काठमाडौं । पूर्व प्रधानमन्त्री एवम् नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सरकारले ताकी–ताकी गोली हान्ने आदेश प्रहरीलाई नदिएको बताउनु भएको छ । संविधान दिवसको अवसरमा शुभकामना सन्देश मार्फत उहाँले सो कुरा बताउनु भएको हो ।
आफूले राजीनामा दिएपछि छानी–छानी सार्वजनिक तथा निजी सम्पत्ति, नेताका घरलगायतमा आगजनी र तोडफोड गरी क्षति गरिएको समेत उहाँले बताउनु भएको छ । जेन–जी आन्दोलनमा आह्वानकर्ताले नै घुसपैठ भएको बताउदै सरकारले प्रदर्शनकारीलाई ताकी–ताकी गोली हान्ने आदेश नदिएको, प्रहरीसँग नभएका स्वचालित हतियारले गोली हानिएको र यो घटनाको छानबिन हुनुपर्ने समेत माग उहाँले राख्नु भएको छ । जेन–जी आन्दोलनपछि भदौ २४ मा पदबाट राजीनामा दिएका उहाँलाई बालुवाटारबाट सेनाले हेलिकोप्टरमार्फत् ब्यारेकमा लगेर सुरक्षित राखेको थियो । उहाँ विहिबार बेलुका ब्यारेकबाट निस्किएर भाडाको घर भक्तपुरको गुण्डुमा सर्नुभएको छ ।