Prithvi Post

२२ आश्विन २०८२, बुधबार

काठमाडौं । नेकपा एमालेका महासचिव शंकर पोखरेलले देश भू–राजनीतिक द्वन्द्वको चपेटामा परेको बताउनु भएको छ । उहाँले राष्ट्रिय शक्तिलाई कमजोर बनाउने खेलबाट जोगाउन नसकिएको समेत स्वीकार गर्नुभएको छ । सोमबार सामाजिक सञ्जालमार्फत उहाँले नव युवाहरूको विश्वास जित्न नसकेको पनि बताउनु भएको छ । उहाँले ढिलो चाँडो मुलुक लोकतन्त्रको बाटोमा फर्कने र फर्काउने समेत बताउनु भएको छ ।

उहाँले ‘हाम्रो देश भूराजनीतिक द्वन्द्वको चपेटामा परेको बताउदै राष्ट्रिय शक्तिलाई कमजोर बनाउने उनीहरुको खेलबाट हामीले आफूलाई जोगाउन सकेनौं । हाम्रो देश पनि वैध सत्तालाई कमजोर बनाउने डिप स्टेटको प्रयोगशाला बनाइयो,’ पोखरेलले भनेका छन्, ‘हामीले सबै समस्याको समाधान लोकतान्त्रिक बाटोबाट खोज्न सकिन्छ भन्ने कुरामा नवयुवाहरुको विश्वास जित्न सकेनौं । उनीहरूको भावना र चाहनासँग नेपाली राजनीतिलाई जोड्न सकेनौं ।’ उहाँले लेख्नु भएको छ । आफ्नो दल राष्ट्रिय शक्ति निर्माण गर्दै नेपाली विशेषतामा आधारित समाजवाद निर्माणको दिशामा अघि बढ्न प्रतिबद्ध रहेको पनि उहाँले बताउनु भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0