Prithvi Post

४ कार्तिक २०८२, सोमबार

भक्तपुर । भक्तपुरको जगाती प्रहरी बृतको पुनःनिर्माण सम्पन्न भएको छ । कार्यालय परिसरमै सोमबार एक कार्यक्रमको आयोजना गरी हस्तान्नरण गरियो । पुननिर्माणका लागि सहयोग संकलन गर्न गठित जगाती प्रहरी बृत पुननिर्माण समितिका अध्यक्ष कृष्णराम जाकिबञ्जारले प्रमुख अतिथि प्रहरी अतिरिक्त महानिरीक्षक दानबहादुर कार्कीलाई हस्तान्तरण गरेका हुन् ।


गएको भाद्र २३ र २४ गतेको आन्दोलनले चौकीमा आगलागी भएर ध्वस्त भएको थियो । अहिले त्यही ध्वस्त संरचना पुननिर्माण गरी हस्तान्तरण गरिएको हो । हस्तान्तरणसँंगै प्रहरीले त्यही कार्यालय राखी काम थालेको छ । यसअघि प्रहरी माथि सिपाडोलको गणेश माविमा स्थानान्तरण भएको थियो ।


विभिन्न सहयोगी महानुभाबहरुको सहयोग रकमबाट पुननिर्माण सम्पन्न भएको हो । कार्यक्रममा विभिन्न सहयोगी दाताहरुलाई धन्यवादपत्र पनि वितरण गरिएको हो । त्यस क्रममा आफनो बृद्धभताबाट संकलित ५० हजार रुपैयाँं प्रदान गरेका भक्तपुर नगरपालिका वडा नं ७ गोल्मढीका ९२ वर्षीय बृद्ध नारायणभक्त कवांलाई पनि अतिथिको मञ्चमा राखिएको थियो । भबन पुननिर्माणका लागि दुईदेखि ९२ वर्षसम्मका सहयोगीहरुले सहयोग गरेको कार्यक्रममा बताइयो । आर्थिक, भौतिक, नैतिकलगायतको सहयोगबाट ४० दिनको वीचमा भबन पुननिर्माणले पूर्णता पाएको कार्यक्रममा बताइयो ।


कार्यक्रममा भक्तपुरका प्रमुख जिल्ला अधिकारी, जगाती प्रहरी बृतका प्रमुख, प्रहरी बृत पुननिर्माणका लागि सहयोग संकलन गर्न गठित जगाती प्रहरी बृत पुननिर्माण समितिका पदाधिकारीहरु, सूर्यविनायक नगरपालिकाका विभिन्न वडाका वडा अध्यक्षहरुलगायतका विशिष्ट व्यक्तित्वहरु अतिथि रहेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0

By पृथ्वीपोस्ट संवाददाता

पृथ्वीपोस्ट डट कम पृथ्वीपोस्ट प्रा.लि.द्वारा सञ्चालित नेपाली भाषाको सम्पूर्ण अनलाइन समाचार पोर्टल हो । हामी सत्य, तथ्य र निश्पक्ष पत्रकारिताको मूल्य र मान्यतामा रहेर समाचार, शिक्षा, स्वास्थ्य, खेलकुद, मनोरञ्जन, साहित्य, कला, विकास निर्माण लगायत क्षेत्रको यथार्थ चित्रण उतार्ने प्रयासमा सदैव लागि रहने प्रण गर्दर्छौँ ।