अन्तरिम सरकारले सेना परिचालन गर्ने निर्णय
काठमाडौं । अन्तरिम सरकारले चुनाब र अन्य कारण देखाउदै सेना परिचालन गर्ने निर्णय गरेको छ । विहिबार बसेको राष्ट्रिय सुरक्षा परिषदको बैठकले चुनावमा नेपाली सेना परिचालन गर्न मन्त्रिपरिषदमा सिफारिस गर्ने निर्णय गरेको हो । परिषदको बैठकले सेना परिचालनका लागि मन्त्रिपरिषदमा सिफारिस गर्ने निर्णय गरेको रक्षा मन्त्रालयका सचिव तथा परिषदका सदस्य सचिव सुमनराज अर्यालले जानकारी दिनुभएको छ ।
यसअघि केन्द्रीय सुरक्षा समितिको बैठकले पनि निर्वाचनमा सेना परिचालन गर्न सिफारिस गर्ने निर्णय गरेको थियो। सुरक्षा परिषदको बैठकमा राष्ट्रिय सुरूमा आउन सक्ने विविध चुनौतीहरू तथा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा देखिएका पछिल्ला घटनाक्रमबारे पनि छलफल भएको छ। त्यस्ता घटनाक्रमले नेपालमा पार्ने प्रभाव तथा चुनौतीहरू र अपनाउनुपर्ने रणनीतिहरूबारे पनि छलफल भएको छ।
परिषदको बैठक प्रधानमन्त्री सुशीला कार्कीको नेतृत्वमा बस्छ। यसमा गृहमन्त्री, रक्षामन्त्री, परराष्ट्रमन्त्री, अर्थमन्त्री, सरकारको मुख्य सचिव, प्रधानसेनापति, नेपाली सेना र रक्षा सचिव सदस्य रहने व्यवस्था छ।


