सभामा घुसपैठ हुनसक्ने भन्दै सतर्क रहन पार्टी पक्तिलाई एमालेको निर्देशन

काठमाडौं । नेकपा एमालेको सभा सम्मेलनमा घुसपैठ हुनसक्ने आँकलन गर्दै त्यस्ता गतिविधि रोक्न र भइरहेका क्रियाकलाप प्रति सतर्क रहने पार्टीपक्तिलाई निर्देशन दिएको छ । एमाले पार्टी केन्द्रीय कार्यालय च्यासलमा बसेको सचिवालय बैठकपछि सञ्चारकर्मीसँग कुराकानी गर्दै उपमहासचिव प्रदीप ज्ञवालीले सो निर्णय गरि निर्देशन दिएको बताउनु भएको छ ।

एमालेले आगामी मंसिर ५ र ६ गते उपत्यका केन्द्रित सभा गर्दैछ । उक्त सभाहरूमा हुनसक्ने घुसपैठप्रति पनि पार्टी जानकार रहेको र त्यसका लागि स्वयंसेवक पनि तम्तयार रहेको उहाँले बताउनु भएको छ । ‘हामी सतर्क छौं । तीन ढंगले हामीलाई अवरोध गर्न खोजेको देखिन्छ । कतिपय ठाउँमा मुठभेड गराउन खोज्ने,’ ज्ञवालीले भने, ‘नेताहरूलाई स्थानहद र घुसपैठ गराउने अवान्छित क्रियाकलाप गराउन सक्नेछन् । त्यसका लागि हाम्रा स्वयंसेवक साथीहरू तम्तयार नै हुनुहुन्छ उहाँले बताउनु भएको छ ।