मुख्य सचिबमा सुमनराज अर्याललाई नियुक्त गर्ने सरकारको निर्णय
काठमाडौं । अन्तरिम सरकारको सोमबार बसेको मन्त्री परिष्द्को बैठकले सुमनराज अर्याललाई नयाँ मुख्यसचिवमा नियुक्त गर्ने निर्णय गरेको छ । मंसिर १० गते मुख्यसचिव एकनारायण अर्याल ५८ वर्षे उमेर हद पूरा गरेर अनिवार्य अवकाशमा जाने भएपछि खाली रहने सो पदमा अर्याललाई नियुक्त गरिने निर्णय भएको बताइएको छ ।
अर्याल हाल रक्षा मन्त्रालयको सचिबका रुपमा कार्यारत रहेका छन् । अर्याल यसअघि राष्ट्रिय योजना आयोगको सचिव, त्यसअघि युवा तथा खेलकुद मन्त्रालयको सचिव, त्यस अघि महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयको सचिव, प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयको सचिव र त्यसअघि कोशी प्रदेश सरकारको प्रमुख सचिव भइसकेका व्यक्ति हुन् ।
वरीयताको पहिलो नम्बरमा रहेका गोकर्णमणि दुवाडी पहिलो दाबेदार भएपनि जेनजी आन्दोलनताका गृहसचिव रहेका उनी आन्दोलनको क्षति, बल प्रयोग, राजनीतिक निर्णय र कार्यान्वयनमा जोडिएकाले उनको दाबेदारी कमजोर भएको हो । अहिले जाँचबुझ आयोगले ‘विदेश जान निषेध’ समेत गरिसकेको छ ।


