जेन जी को नाममा उच्छृंखल गतिविधि गर्न थालेपछि सिंहदरबारमा सुरक्षामा कडाई

काठमाडौं । जेन जी को नाममा विभिन्न समुहबाट हुलहुज्जत र उच्छृंखल गतिविधि गर्न थालेपछि सिंहदरबारको मूलद्वार र भित्र सुरक्षा निगरानीमा कडाइृ गरिएको छ । जेन जी भन्दै विभिन्न माग राख्ने समूहले प्रधानमन्त्रीसँग अनावश्यक र अमर्यादितरूपमा प्रस्तुत हुन थालेको, उच्छृंखल जमात देखिएकोले शान्ति सुरक्षा कायम गराउन प्रहरीले कडाइ गरेको बताएको छ ।

ज्ञापन पत्र पेश गर्ने नाममा दैनिक जसो विभिन्न समूह आएर (हल्ला गर्ने कार्यमा तीव्रता आएपछि उनीहरूलाई दक्षिण गेटबाटै भित्र पस्न नदिने रणनीति सहित सुरक्षालाई कडाई गरिएको बताइएको छ । प्रधानमन्त्री कार्यालयको मुख्य गेटमा समेत प्रहरी तैनाथ गरिएको छ । जेन(जीका नाममा अनेक स्वार्थ समूह खडा भएर जेन जीकै बलिदानमा बनेको सरकारलाई अप्ठ्यारो पारिरहेको भन्दै कसैलाई आउन नदिन निर्देशन दिइएको स्रोतको दाबी रहेको छ ।

हिजो मिराज ढुंगाना, रविकिरण हमाललगायतका गेटमै रोकिएपछि बाहिरै मागपत्र टाँसेर फर्किएका थिए । भित्र छिरेको एउटा समूह प्रधानमन्त्री कार्यालयको प्रतीक्षा हलमा हुलहुज्जत गरेर फर्किएको थियो भने भीडलाइृ भड्काउन कथाकथित अभियान्ता सुधन गुरुङ समेत सिहिदरबार गएको थियो । मगलबार समेत जेनजीको नाममा मिराज ढुंगानसहित प्रधानमन्त्रीलाई भेट्न गएको समूहलाई गेटबाटै लखेटेर प्रहरीले अनामनगर कटाएको थियो ।।a