एमालेको महाधिवेशनको उद्घाटन सल्लाघारीमा, बन्दसत्र भृकुटीमण्डमा हुने
काठमाडौंं । नेकपा एमालेको ११औं राष्ट्रिय महाधिवेशनको उद्घाटन भक्तपुरको सल्लाघारीमा गरिने तय गरिएको छ भने बन्दसत्र काठमाडौंको भृकुटीमण्डपमा गर्ने निण{य भएको बागमती इन्चार्ज राजन भट्टराईले बताउनु भएको छ । उहाँले महाधिवेशनको उद्घाटन समारोह यही मङ्सिर २७ गते भक्तपुरको सल्लाघारीमा हुनेछ भने बन्दसत्र काठमाण्डौको भृकुटीमण्डपमा हुने जनाउनु भएको छ ।
उहाँले एमालेको ११ औं महाधिवेशन मङ्सिर २७, २८, २९ गतेका लागि तोकेको छ । यसअघि खुलामञ्च वा भृकुटीमण्डपमै उद्घाटन समारोह गर्ने तयारी भएकोमा काठमाणडौमा गाडीको चाप, मानिसहरूको आवतजावत लगायतलाई ध्यानमा राखेर उद्घाटनस्थल परिवर्तन गरेको भट्टराईले बताउनुभएको छ ।


