मधेश प्रदेशमा ७ दलको सहमतिमा कांग्रेसका कृष्णा यादव मुख्यमन्त्री
काठमाडौं । मधेश प्रदेशको मुख्यमन्त्रीकालागि सात दलीय गठबन्धनले नेपाली कांग्रेसलाई दिने सहमति गरेको छ । लामो रस्साकस्सी पछि शुक्रबार दिउँसो ७ दलका नेताहरूले कांग्रेसका कृष्णाप्रसाद यादवलाई मुख्यमन्त्री दिने सहमति गरेको बताइएको छ । लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) ले मुख्यमन्त्रीमा दाबी छोडेपछि कांग्रेसले मुख्यमन्त्री पाएको हो ।


