पार्टी सभापतिमा उम्मेदबार दिन देश दौडाहामा काँग्रेस महामन्त्री गगन थापा
काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले १५ औँ महाधिवेशनमा सभापतिमा उम्मेदवारी दिनकालागि सवै पक्षसंग छलफल अभियान सुरु गर्नुभएको छ । यसैंक्रममा सर्लाही पुग्नुभएका महामन्त्री थापाले सञ्चारकर्मीहरूसँग कुरा गर्दै अब केही दिनमै देशदौडाहमा निस्किने बताउनु भएको छ ।
‘अधिवेशनको प्रक्रिया अगाडि बढ्दै गइसके पछाडि यो अधिवेशनमा कसरी यसको सामना गर्ने भन्ने बारेमा स्वाभाविक रूपमा मैले पार्टीका अरू साथीहरूसँग छलफल गर्ने समेत उहाँले बताउनु भएको छ । उहाँले सो बारे नेताहरूसँग छलफल गर्ने बताउदै आफूलाई सघाउने काम गरेका साथीहरूसँग छलफल गरेर अघि बढ्ने बताउनु भएको छ ।
त्यो छलफलपछि यसलाई औपचारिक निर्णय गर्ने एउटा प्रक्रिया छँदै छ। म १५औँ महाधिवेशनको नेपाली कांग्रेसको सभापतिको उम्मेदवार हो। म सभापतिको उम्मेदवारको तयारी गरिरहेको समेत बताउनु भएको छ । पार्टीको साथीहरूले १५औँ महाधिवेशनबाट नयाँ सन्देश, नयाँ नीतिसँगै नयाँ नेतृत्व छान्नुपर्छ भनेकाले आफूलाई त्यो जिम्मेवारी दिने विश्वास व्यक्त गर्नुभएको छ ।
उहाँले आफू अब सभापतिको तयारी गर्दै नेता कार्यकर्ताको कुरा बुझ्न केही दिन पछाडि देशैभर जाने बताए। उनले थपे, ‘पूर्वदेखि पश्चिमसम्म जान्छु, त्यो जाने क्रममा पहिला हाइवे तिरबाटै एक पटक २०–२२ जिल्ला पुग्ने भन्ने मेरो योजना छ, कार्यक्रम बनाउने बताउनु भएको छ ।


