काठमाडौं उपत्यकाको खानेपानीमा थापा र साहको दादागिरी : भ्रष्ट कर्मचारीका कारण विघटनको बाटोमा

काठमाडौं । काठमाडौं उपत्यकाको खानेपानीमा भ्रष्टहरूको हालिमुहालीले कम्पनी विघटनको अन्तिम तयारीमा पुगेको छ । काठमाडौं उपत्यका खानेपानी लिमिटेड (केयूकेएल) का महाँकालचौर शाखा र महाराजगञ्ज शाखामा शाखा प्रमुखहरू नै आर्थिक हिसाव कितावमा लागेर शाखालाई लुटिखानेहरूको संस्था बनाएको कर्मचारीहरूको दुखेसो रहेको छ ।

महाँकालचौर शाखामा भ्रष्टाचारीहरूको मुख्य नाइके प्रकाशकुमार राई र अर्का गाँजाका पारखी विक्रम आचार्यको मिलेमतोमा शाखा प्रमुखको जिम्मेवारी प्रकाश थापालाई दिएपछि शाखा लथालिङ्ग र भताभुङ्गको अवस्थामा पुगेको छ । थापाको कार्यशैलीका कारण महिला कर्मचारीहरू सधै त्रास र भयवीचमा बस्न बाध्य भएका छन् ।

महिला कर्मचारीहरूलाई अपमानजन्य भाषाहरू प्रयोग गर्दै हेपाहा प्रवृत्ति देखाउने थापाका कारण शाखा कार्यालयमा कर्मचारीहरूले गुटबन्दीमै समय बिताउने गरेका छन् । केही समयपछि जागिरबाट अवकाश पाउन लागेका प्रशासन प्रमुख शिब भण्डारीले आफ्नी श्रीमतीलाई ज्यालादारीमा जागिर खुवाउन सफल भएका छन् ।

उनलाई कार्यालय प्रमुख प्रकाश थापाले साथ सहयोग गरिरहेको बुझिएको छ । प्रकाश थापा र भण्डारीको मिलेमतोमा थप १२ जना नयाँ कर्मचारी भर्ना गर्नको लागि भ्रष्टाचारीको नाइके सिइओ अशोककुमार पौडेल, जाँडको पारखी प्रकाशकुमार राई र गाँजाको पारखी विक्रम आचार्यले प्रति व्यक्ति एक मुष्ट २५ हजार रुपैयाँ र मासिक रुपमा दुईदिनको तलव बुझाउने सर्तमा भर्नाको बाटो खुलाएको चर्चा यतिबेला केयुकेएलमा चलेको छ ।

भ्रष्टाचार र अनियमित काम गरेर दैनिक लाखौं कमाउने प्रकाश थापाले लिक मर्मत, नयाँ पाइपलाइन, होलचेन्ज, मिटर खरिद र ग्राहकको मिटर नम्बर मिलाएर पनि आर्थिक अपचलन गर्ने गरेको समाचार स्रोतले दावी गरेको छ । थापाले केन्द्रलाई छुट्याइपठाएको अस्तुमा सिइओ बाहेक अन्यले दामस्यैले भाग लगाउने गरेको पनि समाचार स्रोतले दावी गरेको छ ।

सिइओले शाखाबाट आएको अस्तु नलिने गरे पनि पैसा उठाउने र बाँडफाँडको लागि सहजिकरण गर्ने गरेका छन् । सिइओ पौडेलले सिइओको कुर्सी जोगाइराख्न भ्रष्टाचारीहरूलाई संरक्षण गर्ने गरेका छन् । सिइओ पौडेल, राई र आचार्यले महाँकालचौर शाखा र महाराजगञ्ज शाखामा नक्कली बील बनाउन र उक्त बीलको भुक्तानी गराउन महत्वपूर्ण भुमिका निभाउदै आएका छन् ।

महाराजगञ्ज शाखाका कृष्ण साहले जाउलाखेल शाखामा सँगै काम गरेका ठेकेदार र आफू निकटका इन्जिनियरहरूलाई प्रयोग गरेर नक्कली बिल बनाउने र भुक्तानी लिने गरेका छन् । कृष्ण साहलाई पिआईडी पठाउन खोज्दा भ्रष्टाचारी भएको भन्दै पिआईडीले लिन इन्कार गरेको पनि समाचार स्रोतले दावी गरेको छ ।

राति अबेरसम्म साह, आचार्य र थापाले महाराजगञ्ज र ठमेलमा रंगीन रात विताउने गरेको समाचारहरू पनि प्राप्त भएका छन् । थापा र साहलाई सरुवा गर्न सिईओ पौडेललाई शत्तिm केन्द्रहरूबाट दवाव दिँदा समेत उनी आर्थिक स्रोत सुक्ने डरले सरुवा नगरिकन आलटाल गरिरहेका छन् ।